coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बबई र कर्णालीको जलस्तर बढ्दा बाढीको जोखिम

गुलरिया(बर्दिया)– बबई  र कर्णाली नदिको जलस्तर बढ्दै जाँदा नदितटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढीको फसेका निकुन्जको भुरीगाउँ पोष्टका कर्मचारी स्थानीय पहलमा उद्दार गरिएको छ। बाढी आउने संकेत देखिएपछि विद्यालय आएका विद्यार्थीलाई घर फर्केका छन्। बाढीले ओराही नदि बढेपछि पर्यटकीय क्षेत्र ठाकुरद्धाराको आवागमन ठप्प भएको छ।

मंगलवार बबईमा ५ मिटर ७० सेन्टिमिटर मापन गरिएको छ भने कर्णालीमा १० मिटर जलस्तर मापन गरिएको छ। कर्णाली र बबईमा नदीमा पहिलो चेतावनी लेबलको हाराहारीमा जलस्तर पुगिसेको सहायक प्रजिअ श्रीनाथ पौडेलले बताए। बाढी पूर्व सूचना दिन चेपाङमा जडान गरिएको गेज रिडरमा ६ मिटर र कर्णाली नदिको जलस्तर मापन गर्ने चिसापानीमा १० मिटर नाघेमा बाढी आउने पहिलो चेतावनी मानिन्छ। कर्णाली र बबईमा जलस्तर मापन भएको ठाउँबाट तल्लो वेल्टमा पानी आउन समय लाग्ने भएकोले प्रशासनले सर्तकर्ता अपनाउन आग्रह गरेको छ।

बबईको बाढी चेपाङबाट गुलरियासम्म पाँच घन्टा लाग्ने हुनाले प्रशासन पूर्व तयारी लागेको सप्रजिअ पौडेलले बताए। यस्तै कर्णालीको जलस्तर बढेपछि ओराही नदिमा मिसिदा ठाकुरद्धारा आवागमन ठप्प भएको हो। नदी तटीय क्षेत्रमा रहेको निकुन्जका कर्मचारी स्थानीयको पहलमा उद्धार गरिएको प्रमुख संरक्षण अधिकृत रमेश थापाले सामाजिक संजालमा उल्लेख गरेका छन्। थापाका अनुसार कर्णाली नदी तटीय क्षेत्रमा सुरक्षार्थ खटिएका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ।
 सोमबार बिहानदेखि  खतराको संकेतको हाराहारीमा बबई र कर्णाली नदीमा पानीको सतह बढेको थियो ।
तीन दिन आएको अबिरल वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि तटबन्ध निर्माण नभएको दौलतपुरमा बाढी पस्ने जोखिम बढेको छ। लगातारको पानीले  जिल्ला डुवानको जोखिममा परेको एसपी भरत बहादुर बोहराले बताए।
 
नदीको सतह साढे ९ मिटर  हुने बित्तिकै  स्थानीय प्रशासनले पूर्व सर्तकताको लागि सर्वसाधरणलाई सचेत हुन आग्रह गरेकाले ठूलो नोक्सानी नभएको बोहराले बताए। ‘बेलैमा बाढी आउने संकेतको विभिन्न माध्यम बाट प्रचारको उपजले सर्वसाधरण सचेत छन्,’ उनले भने।

गएराति देखिनै खतरा संकेतभन्दा बाढिको मापन भएको र निरन्तर वर्षा भएकाले पूर्व सतर्कताका लागि सर्वसाधरणसँग पुग्ने बिभिन्न माध्यम द्धारा खबर  गरेको उनले जानकारी दिए। लगातार परिरहेको पानीले खैरी चन्दनपुर, गोलालगायतका आधा दर्जनभन्दा बढि गाबिस अहिले पनि डुवानको चपेटामा छन्।

दौलतपुरमा पानी पसिसकेकाले तीन दर्जन घरभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको र खैरिचन्दपुरका मझरा गाउँको ७० सय घर परिवार, भप्टिका ८५ र अन्य गाविसका गरी १ हजारभन्दा बढी घरपरिवार सुरक्षित स्थानको खोजीमा छन्। राजापुर क्षेत्रमा पर्ने ११ गाविस कर्णाली नदीले वरिपरिबाट घेरिएको छ। वर्षेनी उक्त क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेको संवेदशील क्षेत्र हो।

भारतले कैलाशपुरमा व्यारेज बन्द गरिदिँदा यो क्षेत्र वर्षेनी डुवानको चपेटामा पर्ने गरेको हो। व्यारेजको ढोका बन्द भएमा नेपालका धेरै गाउँ डुवानको चपेटामा पर्ने हुनाले ढोका खोल्न स्थानीय प्रशासनले समन्वय नगर्दा सयौ वर्षेनी घरबिहिन हुने गरेका छन्। पहाडी जिल्लाहरुमा मनसुनी वर्षा भइरहेकाले पानीको वहाव बढ्न सक्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ।

नदीमा पानीको सतह बढ्ने क्रम यथावत रहेकाले स्थानीय प्रहरी प्रशासनले कलस्टर समुहको उद्दार टिम, रेडक्रससँग समन्वय गरेर सम्भावित डुवान पर्ने ठाउँ जानको उद्दार टिम तयारी अबस्थामा राखेको छ।

भारतले कैलाशपुरमा पानी रोक्ने व्यारेज बनाएका कारण वर्षाको समयमा व्यारेज बन्द गर्दा वर्षेनी सानो पानी आउँदा पनि ११ गाविस डुवानमा पर्ने स्थानीयले रामबहादुर थापाले बताए। नदीमा पानीको सतह बढेकाले सुरक्षित स्थानमा सामान लैजान थालेकोे कोठियाघाट स्थित दंगाली होटल संचालक बिनोदले बताए। ‘नदीको सतह जसरी ह्वात्तै बढ्यो, त्यसरी नै अहिले यथावत अवस्थामा देखिएको त्रास बढदै गएको हो,’ उनले भने।

 

प्रकाशित: ११ श्रावण २०७३ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App