८ वैशाख २०८१ शनिबार
समाज

९८ वर्षमा गौरीमायालाई नागरिकता

रामेछाप- नागरिकताको परिचय बनाउन नसक्दा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट बञ्चित बनेकी सुनापति गाउँपालिका–३ हिलेदेवीकी गौरीमाया नेपालीले ९८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाएकी छिन्। नागरिकता पाएसँगै उनी निकै खुशी देखिन्थिन्। सैतै फुलेर बुढ्यौलीले छोइसकेकी गौरीमायामा उमेर पुगे पनि नागरिकता नभएकै कारण सामाजिक सुरक्षाभत्ता पाउन सकेकी थिइनन्। नागरिकता पाएपछि आफू बाचुञ्जेल वृद्धभत्ता पाउने भएँ भन्ने एउटै मात्र  खुशी उनमा पलाएको छ।

छोरीका साथमा सुनापति गाउँपालिकाको हिलेदेवीको साँधी डाँडाको नागरिकताको घुम्ती शिविरमा पुगेकी गौरीमायालाई प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नागरिकता प्रदान गरेका थिए। वृद्धलाई नागरिकता दिएसँगै प्रमुख जिल्ला अधिकारीले बाटो खर्च स्वरूप एक हजार रुपैयाँसमेत दिएर पठाएका थिए। जिल्ल्ाामा नागरिकता वितरणको तथ्यांकलाई हेर्दा धेरै उमेर ढल्किएर नागरिकता लिने उनी जिल्लाकै पहिलो व्यक्तिसमेत बनेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ।

 उनका श्रीमान् पहिले नै बितेका थिए। श्रीमान्को मृत्यु पश्चात् गौरीमाया अरुको घरमा काम गदर्ैै गुजारा चलाउदै आएकी थिइन्। उनले आफू ९४ बर्ष हुँदा पनि काम गरेर खाएको बताइन्। उनको सन्तानको नाम एक मात्र छोरी रहेता पनि छोरीसमेत विवाह गरेर गएपछि उनी एक्लो जीवन बिताउँदै आएकी थिइन्। परिवारमा एक्लो बनेपछि उनी जहाँ काम गर्‍यो त्यही खाने र तयही बस्ने गर्दै गुजारा चलाउँदै आएकी थिइन्।  निकै लामो समयपछि आमाको अवस्थाका बारेमा छिमेकीले उनकी विवाह गरेर गएकी छोरी मंगलमाया दर्जीलाई सुनाएपछि उनले विगत तीन बर्ष आमालाई हिलेदेवीस्थित आफ्नो घरमा ल्याएर राखेकी छिन्। पालनपोषण र स्याहार सुसार गर्ने कामसमेत छोरीले गर्दै आएकी छिन। उनैले गाउँमा पुगेको घुम्ती शिविरबाट आमालाई आफंै साक्षी बसेर नागरिकता दिलाएकी हुन्। विवाहित छोरी बाहेक उनको अरु कोही नभएको अवस्थामा व्यवहारिकता हेर्दै नागरिकता दिएर उसको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गराइदिएको प्रमुख जिल्ला सूर्य बहादुर खत्रीले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०७४ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App