८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधनको विपक्षमा राप्रपा

काठमाडौँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा) संविधान संशाेधनको विषयमा विकल्पसहित विपक्षमा मतदान गर्ने तयारीमा पुगेको छ।

राप्रपाको बिहीबारदेखि हेटौंडामा जारी ३ दिने आकस्मिक केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो सुझाएका हुन् । पत्रकारसँग भेटघाट गर्दै अध्यक्ष कमल थापाले संविधान संशोधनमा राप्रपा विकल्प सहित विपक्षमा बस्न सदस्यहरूले सुझाव दिएको बताए । संविधान संशोधनको विषयमा व्यापक छलफल भएको भन्दै थापाले संशोधनको विपक्षमा मतदान गर्नेे, आंशिक संशोधनमा सहमत हुने वा पूर्ण असमर्थन गर्ने जस्ता कुराहरुमा छलफल भने जारी रहेको बताए।

पशुपती शमशेर राणाले पार्टी फुटाउन नसक्ने अवस्था आएपछि अदालत गएको दाबी गर्दै उनले राणाले गम्भीर भुल गरेको बताए । राणा समूहले विदेशमा भएका केन्द्रीय सदस्यको समेत फर्जी हस्ताक्षर गरेको तर्क गर्दै उनले भने, ‘राणा पक्षले ४० प्रतिशत कुनैपनि हालतमा पु¥याउनै नसक्दैन।’ आगामी निर्वाचनको तयारीका बारेमा राप्रपाको तीन महिने योजना केन्द्रीय बैठकमा बनाइएको थापाले खुलासा गरे । सरकारले मधेसको समस्या, संविधान संशोधनको विषयलाई वेवास्ता गरेको भन्दै उनले सत्तारुढ दल सत्ता लिप्सामै केन्द्रित भएको आरोप लगाए।

राप्रपाको केन्द्रीय समितिको बैठकमा १ सय ४ केन्द्रीय सदस्य उपस्थित रहेको अध्यक्ष थापाको भनाई छ।

प्रकाशित: ३ भाद्र २०७४ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App