कृषि क्षेत्रमा करिब आठ अर्ब ६४ करोडको क्षति

शनिबार, ०३ भदौ २०७४, १९ : २५ नागरिक

काठमाडौँ – कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिएका छन्। 

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको अन्तर्क्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताए। 

यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गरिने बताउँदै उनले क्षति के कति भएको हो ? कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भइसकेकाले त्यसको अध्ययनपछि राहतका कार्यक्रम ल्याइने प्रष्ट पारे। 

उनले भने, “बाढीका कारण धेरै जनधनको क्षति भएको छ, सरकारले मृतकका परिवारलाई रु दुई लाख तथा घर मर्मतका लागि रु २५ हजारका साथै दैनिक खाजा खर्चस्वरुप रु ७० दिने निर्णय गरिसकेको छ।” 

राहत तथा उद्धारका लागि सरकारले द्रुतस्तरमा काम गरिरहेको बताउँदै उनले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावश्यक सामग्री तत्काल वितरण गर्न निर्देशन दिइसकेको प्रष्ट पारे। 

मन्त्री यादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्री एकद्वार प्रणालीमा वितरण भएको बताउँदै उनले आफ्नो मन्त्रालय मातहतका करिब सात हजार ५०० कर्मचारीबाट संकलित रु एक करोड २० लाख केही दिनमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए। 

उनले पीडितको राहत तथा उद्धारमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै कृषि विकास बैंकबाट ऋण लिएकालाई ब्याज छुटदेखि मिनाह गर्न सकिने सम्भावना रहेको जानकारी गराए। रासस 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad