राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

शनिबार, ०३ भदौ २०७४, १७ : ४८ नागरिक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

उनले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गरेकी हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन्।
शीर्ष नेतासँगको बैठकमा उनले भनिन् “वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्‍यो ।” भेटपछि सञ्चारकर्मीलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।
वरिष्ठ नेता पौडेलले राष्ट्रपति भण्डारीले तराई/मधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए।
साथै शीर्ष नेताले तराई/मधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए।
छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।
राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई आग्रह गरेको छलफलपछि नेता श्रेष्ठले बताए।
उनले राष्ट्रपति भण्डारीले नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासमेत ल्याउन आग्रह गरेको जानकारी दिए।
तराई/मधेशका डुबानका कारण हालसम्म १३५ जनाको अकालमा मृत्यु भइसकेको छ, हजारौँ घर डुबान, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु दुईलाख, विपन्न परिवारलाई रु १५ हजार तथा दैनिक खानाका लागि रु ७० वितरण कार्य दु्रतरुपमा जारी राखेको जनाएको छ ।
प्रधानमन्त्री देउवाले हालै बाढीपहिरो पीडितको क्षेत्रको स्थलगत रुपमा भ्रमण तथा अवलोकन गरी खोज, उद्धार तथा राहत वितरणमा उच्च प्राथमिकता दिन निर्देशन दिएका थिए।
राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन पनि आग्रह गरेको भेटपछि नेकपा (एमाले)का उपाध्यक्ष गौतमले सञ्चारकर्मीलाई जानकारी दिए।
उनले संविधान संशोधनका विषयमा सहमति जुटाउन आफ्नो पार्टीसँग सत्तारुढ दलका नेताले वार्ता संवाद नगरेको बताए।
राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो। रासस

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad