coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

कफी र कवितामा रचना वाचन गर्दै कवियत्री रेविका श्रेष्ठ । तस्बिरः नागरिक

काठमाडौं – ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन् । तर, शनिबार फ्रेस विन्चको हलमा नेपाली कविताको हरफहरु वाचन भइहरको थियो।

विदेशी पर्यटकहरु समेत नेपाली कवितालाई कविहरुको हाउभाउबाट बुझ्न खोजिरहेका थिए । सधै जसो विदेशी पर्यटक देखिने यस हलमा शनिबार नेपाली कविहरूको जमर्कोले यहाँको दृश्य फरक देखिन्थ्यो । 

नेपाली साहित्यमा कलम चलाउँदै आएकी नविना थापाले भगवा र मान्छे बीचको अन्तरलाई कवितामा नयाँ ढंगले प्रस्तुत गरेकी थिइन् । कवियत्री नविनाले मान्छे भगवान हो वा भगवान मान्छे भन्ने विषयलाई रोचक ढंगले प्रस्तुत गरेकी थिइन।

लियो क्लव अफ काठमाडौं हिमालयज पाटनले बाढी पीडितका लागि सहयोगार्थ आयोजन गरेको ‘कफी र कविता’ कार्यक्रममा कवि मनिश शाहले पहाड, तराई र हिमालका लागि कविता वाचन गरेका थिए । भूकम्पले हल्लिएका मनहरू पनि तराईको बाढीपीडितबाट आहात भएको उनको कवितामा छरपष्ट देखिन्थ्यो। 

कफी र कवितामा अर्की कवियत्री रेविका श्रेष्ठले भने फरक धारमा कविता वाचन गरिन । हरितालिका तीजको दर र मनोरञ्जनभन्दा तराईमा गाँस, बास र कपास बाढ्नका लागि नेपाली हृदयको पाना पल्टनु पर्ने उनको कविता बोलिरहेको थियो।  
कार्यक्रममा प्रतिभा खड्का, विपिन तिम्लसिना, दिपेश डंगोल, असिम शर्मा, समिता लामिछाने लगायत एक दर्जन साहित्यकर्मीहरूले बाढी पीडित सहयोगार्थ रचना वाचन गरेका थिए। 

कार्यक्रममा संकलन भएको रकम सप्तरीको बाढी पीडितका लागि आउँदो शुक्रबार वितरण गरिने लियो क्लव अफ काठमाडौं हिमालयज पाटनका अध्यक्ष अर्जुन तामाङले जानकारी दिए। 

 

प्रकाशित: ३ भाद्र २०७४ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App