७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बिहारमा बाढीबाट ११९ जनाको मृत्यु

नयाँ दिल्ली –भारतको बिहार राज्यमा बाढीका कारण कम्तीमा ११९ जनाको मृत्यु भएको छ भने कैयौं बेपता छन् । 
बिहारमा मात्रै बाढीका कारण करिब १ करोड नागरिक प्रभावित भएका छन्।

विगत तीन देखि निरन्तर रुपमा भएको अबिरल वर्षाका कारण आएको बाढीबाट मानिसहरूको मृत्यु भएको हो । राजधानी पटना लगायतका क्षेत्रहरू बाढीका कारण जोखिममा परेका छन्। बाढीका कारण विस्थापित हजारौं मानिसहरू सरकारले स्थापना गरेको अस्थाई शिविरमा बसिरहेका छन्।

सरकारले बाढीग्रस्त बिहारका विभिन्न १२ जिल्लाहरूमा उद्धार टोली खटाएको छ । बाढीका कारण बेपताहरूको खोजी भइरहेको छ । अस्थाई बसोबासका लागि सरकारले ३५० शिविरहरू बनाएको छ। 

निरन्तर रूपमा भएको वर्षाका कारण पानीको सतह नघटेकाले उद्धार कार्य प्रभावकारी हुन नसकेको बिहारका मुख्यमन्त्री नितिश कुमारले बताए। 

राहत वितरणका लागि हेलिकप्टरमा जाने तयारी गरिएको उनले बताए। 

 

प्रकाशित: ३ भाद्र २०७४ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App