बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

शनिबार, ०३ भदौ २०७४, ११ : २० राजु अधिकारी  | @rajuadhikari14

झापा- ठूलो बाढीपछि मौसममा आएको सुधारले खोलामा पानीको सतह लगातार घट्दै गएको छ। सर्वसाधारणका डुबानमा परेका घरआँगन ओभाउँदै गएका छन्। त्यसैले विस्थापितहरु धमाधम घर फर्किरहेका छन्। तर, भीषण बाढीका बीच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पीडितको खुसी भने फर्किन पाएको छैन।

खोलाले लगातार खेतबारी कटान गरिरहेका सयौं परिवार यतिबेला हरेक क्षण आफ्नो सम्पत्ति बगर बनेको दृश्यको दर्शक बन्न बाध्य छन्। 'चार-पाँच दिनभित्रमा कनकाईले १० कट्ठा धान खेत बगर बनाइदियो, नामनिशान केही छैन', शिवसताक्षी नगरपालिका ४ का नरेन्द्र सुवेदीले भने 'अब मेरो पाँच कट्ठा जति बाँकी होला। यही पारामा काट्ने हो भने अब दुई तनि दिनभित्र त्यो पनि सकिन्छ।'

१३ जनाको ज्यान लिइसकेको र ३ हजारभन्दा बढी घरपरिवारलाई विस्थापनमा पारेको यसपटकको बाढीले तिनै पीडितको जिविकाको माध्यम खेतबारी पनि बगरमा परिणत गरिदिएको छ। अघिल्लो शुक्रबार यताको एक साताभित्र झापामा मात्रै कम्तीमा ५ सय विघा खेतीयोग्य जमिन नदी कटानको चपेटामा परेको छ।

शिवसताक्षी नगरका धेरै सर्वसाधारण कटानको समस्याले पिरोलिएका छन्। यस्तो संख्या झापामा हजारौं छ। खोला किनारामा खेतबारी भएकाहरुले ज्यान जोगाए पनि सम्पत्तिको नाममा रहेको जमिन जोगाउन भने नसक्ने अवस्था आएको छ। 'खोलामा जति-जति पानी घट्दै जान्छ, कटान पनि छिटोछिटो हुँदोरहेछ,' शिवसताक्षी ४ कै भीम न्यौपानेले भने, 'अस्तिसम्म डुबाउने र बगाउने पीर थियो, अब खेत जम्मै काट्देला भन्ने पीर बढ्यो।' उनका अनुसार यही गाउँका मात्रै पचासौं परिवारको धानखेती कनकाई किनारामै छ। ती सबैको जमिन लगातार कटानमा परेको छ। झापामा कटानको समस्या सबैभन्दा धेरै शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र कमल गाउँपालिकामा समस्या छ। कमलमा कमल खोलाको कटान बर्सेनि उच्च हुने गरेको छ। त्यस्तै अर्जुनधारा, मेचीनगर, दमक, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा छ। त्यसमा पनि कनकाई, विरिङ, निन्दा, मेची र रतुवा लगायतका खोलाको कटान जिल्लाको दशकौं पुरानो समस्या हो। जुन यसपटक पनि ठूलो आकारमा दोहोरिएको छ।

जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिका अनुसार झापाका १५ वटै स्थानीय तहमा अहिले कटानको समस्याले किसानलाई धुरुक्कै पारेको छ। जिल्लाभरीबाट भएको रिपोर्टिङ अनुसार कम्तीमा पाँच सय विघा धानखेती कटानमा परिसकेको छ। 'यो पछिल्लो एक साताको प्रारम्भिक तथ्यांक मात्रै हो', समितिका सदस्य तथा रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले भने 'खोलामा पानी घटेपछि कटान झनै बढ्ने गर्छ। त्यसैले कटानको जोखिम अब झनै उच्च हुन्छ।'

प्रकोप क्षेत्रका जानकारहरुका अनुसार जब पानीको सतह घट्दै जान्छ र जमिनको भाग उँचो बन्दै जान्छ, खोलाको पानीले तल-तलबाट जमिन कपेर काट्दै लैजान्छ। 'यतिबेला माटो कमलो र कमजोर भएको हुन्छ', प्रकोप नियन्त्रणकै क्षेत्रमा कार्यरत कृष्ण बसौलाको अनुभव छ 'त्यही भएर पानी घटेपछि कटान बढी हुने गरेको हो।' ठूला नदीहरुमा पनि यही समस्या रहने उनको भनाई छ। चुरे क्षेत्रसँग जोडिएको जिल्ला भएकै कारण झापामा बाढीको विनाश बढी हुने गरेको हो। चुरे क्षेत्रको माटो परिपक्व छैन। वर्षामा त्यो बगेर खोलामा मिसिन्छ।  त्यसले खोला पुरिँदै जान्छ। पानी मानव बस्तीतिर पस्दै जान्छ। जोखिमको एउटा प्राकृतिक कारण यही हो।

मानव निर्मित कारणहरु पनि जिल्लाको १० लाखभन्दा बढी जनसंख्या र अरबौंको भौतिक सम्पति जोखिममा पर्नुको अर्को कारण हो। 'प्लटिङ जथाभावी भइरहेको छ' व्यवस्थित ढंगले प्लटिङ नगर्दा निकासको व्यवस्था नभएको उल्लेख गर्दै प्रकोप क्षेत्रमा जानकार सोमनाथ कार्की भन्छन्– 'सहरी क्षेत्र जलमग्न हुनुको कारण त्यही हो।' चुरे क्षेत्रको वन विनाश र वृक्षारोपणमा देखिएको उदासिनता बाढीलाई मानव बस्तीतिर निम्त्याउने आधार भएको उनको भनाई छ। त्यसो त सरकारले जिल्लाका सात वटा नदीलाई बाढीको उच्च जोखिमका नदीका रुपमा किटान गरेको छ। तिनले पुर्याएको क्षति र खोलाका बाढीको विशेषताका आधारमा जोखिमयुक्त नदीहरुको 'नम्बरिङ' गरिएको छ। जस अनुसार बिरीङ खोला पहिलो नम्बरमा छ। त्यसपछि कनकाई माई, रतूवा, मेची, निन्दा, हँडिया, टाङटिङ र कमल खोला छन्।

बाढीले बर्षेनी ठूलो क्ष्ति गर्ने झापामा त्यस अनुपातमा नियन्त्रण प्रयास भने भएको छैन। झापामा तत्कालीन जिल्ला विकास समिति (हाल जिसस) 'जनताको तटबन्ध' लगायतका कार्यक्रम अन्तर्गत नदी नियन्त्रणमा लगानी भइरहेको छ।  रतुवा, मावा र कनकाईलगायतका नदीहरुमा भएको त्यो लगानी पर्याप्त छैन। जसका कारण क्षतिको आकार लगातार बढिरहेको छ। यसअघि बनाएका धेरै तटबन्धनहरु बाढीले भत्काइसकेको छ। नयाँ बनाउने सुरसार छैन। यसले पनि क्षतिको आकार बढाइरहेको छ।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad