नेपालका युवा

शनिबार, ०३ भदौ २०७४, १० : १६ डा. तारानाथ शर्मा

डा. तारानाथ शर्मा

'युवा'को शाब्दिक अर्थ 'बाल्यकाल' सकिएर प्रौढकालमा नपुगुन्जेलको कर्मठ समय हो। यसरी युवा भन्नाले त्यस उमेरका नरनारीलाई बु‰नुपर्छ, जो क्रियाशील, साहसी र हरेक सामाजिक गतिविधिमा उत्सुक र उन्मुख हुन्छन्।

प्राचीन ऋषिमुनिले मनुष्य जीवनलाई एक सय वर्षको आयु मानी ब्रह्मचार्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यास चार वर्णाश्रममा विभाजन गरेका छन्। वेदकालीन यो बाँडफाँड मान्दा पहिलो ब्रह्मचार्यभित्र नै युवावस्था पर्छ, अर्थात् मान्छेको २५ वर्षको उमेरसम्म ऊ युवा रहन्छ, जो विद्याध्ययनको विशेष काल पनि हो।

प्राचीन धारणालाई हेर्दा युवा उमेरमा पढाइमै समग्र ध्यान दिनुपर्ने र विवाह बन्धनमा त्यतिबेला बँाधिन नहुने भन्ने देखिन्छ। विवाह गर्नेबित्तिकै गृहस्थ भई घर–परिवारको उत्तरदायित्व बेहोर्नुपर्ने हुनाले नै विवाहपछि गृहस्थाश्रममा प्रवेश गरिएको र युवावस्था समाप्त भएको वर्णाश्रम धर्मले मानेको छ । त्यसो भए पनि हाम्रोजस्तो समाजमा युवा समयलाई संकीर्ण अर्थ लगाइन्छ र त्यसलाई किशोरावस्थामा सीमित गरिन्छ। अंग्रेजी बोलिने समाजमा १३ देखि १९ वर्षसम्मको उमेरकालाई किशोर/किशोरी भन्ने चलन छ। त्यहाँ थर्टिन, फोर्टिन, फिफ्िटन, सिक्स्टिन, सेभेन्टिन, एटिन र नाइन्टिनकाहरू ‘टिन उमेरका' अर्थात् किशोरावस्थाका मानिन्छन्। यसै महŒवपूर्ण उमेरमा राम्रो उपलब्धिका लागि उचित निर्देशनको आवश्यकता पर्छ। यस उमेरमा राम्रो बाटो देखाइएन, नैतिक आचरण र सामाजिक अनुशासन सिकाइएन र अलपत्र छाडियो  भने त्यस्ता  व्यक्तिको  सम्पूर्ण जीवन खेर जानेछ। त्यसै हुनाले अंग्रेजीभाषी पनि यसै किशोरावस्थालाई प्रारम्भिक विद्याका लागि स्पष्ट रूपले छुट्ट्याउँछन् । २१ वर्षको उमेर काटिसकेपछि मात्र मदिरा पसलमा गएर पेय पदार्थ किन्न पाइने कठोर नियम त्यता त्यसै बनाइएको होइन।

तर सामान्य रूपमा युवावस्थाले किशोरावस्थामा मात्र आफूलाई सीमित पार्न पाएको देखिँदैन। वैदिक युगमा २५ वर्षको उमेर काटिसकेपछि मात्र आफ्नोे अध्ययन समाप्त गरी वैवाहिक बन्धनमा आफूलाई बाँध्ने चलन थियो। हाम्रा गाउँघरमा अझै पनि किशोरीलाई १९/२० पुग्दानपुग्दै दाम्पत्य जीवनको भारी बोकाइदिने चलन छँदै छ।

वैवाहिक जीवनमा प्रवेश गर्नेबित्तिकै युवावस्था टुंगिन्छ भन्न मिल्दैन। केही वर्षदेखि चलाइएको पञ्चायती राज्य व्यवस्थाताका अरु संगठनका साथै 'युवक संगठन' पनि सक्रिय तुल्याइएको थियो। प्रचारमा त्यस संगठनभित्र १८ वर्षको उमेर पुगेका व्यक्तिदेखि लिएर ४० वर्षसम्मकालाई सदस्यता दिइन्छ भनिन्थ्यो। तैपनि कतिपय गजघट्टहरू ५०–५५ सम्मको उमेरसम्म पनि 'म अझै युवा हुँ' भन्दै नेतृत्वको कुर्सीमा बसिरहन्थे। हुन त शरीरमा जतिसुकै चाउरी परे पनि मनमा जोस–जाँगर सञ्चित राख्ने, कर्मठ जीवन बिताउने र आफूलाई युवासरह ठान्ने वृद्धवृद्धा पनि प्रशस्त भेटिन्छन्, तैपनि वास्तवमा सामाजिक परम्परा र स्थितिलाई यथार्थवादी दृष्टिकोणले व्याख्या गर्नुपर्दा युवा भनेर १७–१८ वर्षको उमेरदेखि ४० वर्षसम्मका नरनारीलाई नै मान्नुपर्छ। युवावस्था प्रमुख रूपले अध्ययन, अनुसन्धान र अनुभव बटुल्ने समय हो। विकसित मुलुकका युवा विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा भविष्य सपार्ने मूल उद्देश्यले विद्यार्थीका रूपमा चुर्लुम्म डुबेका हुन्छन्। २५–३० वर्ष उमेरसम्म तिनले आफूलाई चाहिने ज्ञान र अनुभव शिक्षण संस्थाबाट र आफूले आंशिक रूपले गर्दै आएका वैतनिक तालिम वा जागिरबाट बटुलिसकेका हुन्छन्। त्यसपछि वैवाहिक बन्धनमा बाँधिने त्यतातिर प्रचलन छ।

मलाई प्रभाव पारेको तथ्यचाहिँ विकसित मुलुकहरूको पारिवारिक चलन नै हो, जसलाई मैले यहाँ उल्लेख गर्नैपर्ने हुन्छ। अमेरिकाकै कुरो उल्लेख गर्ने हो भने पनि त्यहाँ १८ वर्षको उमेरसम्मका किशोरकिशोरीलाई आफ्ना मातापितासँगै घरमा बस्न पाइने व्यवस्था हुन्छ। हुन पनि १८ वर्ष उमेरमा तिनले १२औँ श्रेणीसम्मको उच्च विद्यालयको अध्ययन समाप्त गर्छन्। त्यस कालसम्म बस्ने, खाने र पढ्ने खर्च मातापिताले नै दिन्छन् र त्यस्ता किशोरकिशोरी घर–परिवारका अनुशासनमा रहेका हुन्छन्। १८ हुनेबित्तिकै तिनले मातापितासँग बसेर ढलीमली गर्न पाउँदैनन्, किनभने त्यसपछि तिनले घर छाड्नुपर्ने र आफ्नै कमाईमा बस्ने, खाने र पढ्ने खर्च आफैँ जुटाउनुपर्ने चलन छ। महाविद्यालयका शुल्कहरू औधि महँगा हुन्छन्। अति थोरै मातापिताले मात्र त्यस्ता घरबाहिर बस्नुपर्ने छोराछोरीका शुल्कको केही प्रतिशत तिरिदेलान्, तर धेरैजसो विद्यार्थीले आफ्नो समस्त खर्च (डेराभाडा, खाने कुराहरूको जम्मै जोहो, शिक्षा शुल्क, पुस्तक, कापी, कलम, कम्प्युटर आदिको व्यवस्था र शिक्षालय र काममा जानेआउने सवारीभाडा) आफैँ आफ्नै कमाईद्वारा जुटाउनुपर्छ। पढाइ महँगो र कठोर हुनाले काम मात्रै गर्छु भन्ने पनि कोही हुन सक्छन््, तर १२ श्रेणीसम्म पढेकाले उच्चस्तरीय काम नपाई कठोर श्रम गर्ने र ज्यादै कम वेतन पाइने हुँदा पढाइ सपारेर आफूलाई अझ योग्य बनाउँदै लैजानुपर्ने स्थितिले गर्दा सबै दिनभरि पढाइमा व्यस्त हुन बाध्य हुन्छन् भने राति कडा काममा जोतिन्छन्। त्यस्ता युवालाई पढाइको बोझ र कामको झन्झटले गर्दा एकैछिन आङ तान्ने फुर्सद त हुँदैन भने स्वार्थी राजनीतिक नेताहरूको दलीय लहैलहैमा लागेर चर्का विरोधका नारा चिच्याउँदै सडकसडकमा उफ्रने, उत्तेजित भएर अर्का थरी युवालाई ढुंगामुढा बर्साउने, ‰याल र मोटरगाडीका ऐना झर्‍यामझुरुम पार्ने, बाटो छेक्ने र टायर बालेर सम्पूर्ण वातावरणलाई धुवाँमय र विषाक्त बनाउने न समय नै हुन्छ, न त त्यस दिशातर्फ ध्यानै जान्छ। तपाईंहरू सोध्नुहोला, के उसो भए अमेरिकाजस्तो सचेत ठानिएको लोकतन्त्रात्मक मुलुकमा समेत युवामा अलिकति पनि राजनीतिक चेतना छैन त? म भन्छु, यथेष्ट सामाजिक राजनीतिक चेतना भएकैले अमेरिकाका समग्र जनता निर्माणमा लागेका छन्, तिनले अन्वेषण र आविष्कारका चरम चुलीमा पुगेर आफ्ना सम्पूर्ण ज्ञानलाई देशको प्रगतिमा प्रयुक्त गरेका छन्, अनि त्यसै हुनाले त्यो देश संसारका सबै मुलुकलाई उछिनेर त्यति माथि पुगेको हो।

 अमेरिकाका युवा राजनीतिक रूपले पूर्ण सचेत हुनाले नै उनीहरू १८ वर्ष पुग्नेबित्तिकै आफ्ना राष्ट्रपति र विधायक छान्ने मताधिकार प्रयोग गर्न पाउँछन्। आफ्ना न्यायाधीशहरू र स्थानीय प्रतिनिधिका साथै प्रान्तीय र राष्ट्रिय सांसदहरू समेत उनीहरू छान्न पाउँछन्। विश्वविद्यालय तहमा पुगेपछि विद्यार्थी संगठनमा पनि उनीहरू उम्मेदवार हुने र मत दिने पूर्ण मताधिकारको सगर्व र सहर्ष प्रयोग गर्छन्। मत दिने कामले कक्षाको अध्ययनलाई पटक्कै बाधा पुर्‍याउँदैन, किनभने आफ्नो कक्षा नभएको समयमा मात्र विद्यार्थीहरू त्यस्ता कर्तव्यपूर्ण दिशातर्फ लाग्छन्। कहाँसम्म भने कुनै कुराको विरोध प्रदर्शन गर्नुपरेमा पनि उनीहरू आफ्ना कक्षा लागेको समयलाई पटक्कै बाधा नपर्ने गरी खाली समयमा तथा अरु व्यवसाय वा बासिन्दााई  बाधा नपर्ने खुला ठाउँमा शिष्टतापूर्वक भेला हुन्छन्। पढे–लेखेका मानिसको विरोध प्रदर्शन पनि सौम्य, भद्र र शिष्ट हुनुपर्छ भन्ने उनीहरूको दृढ र प्रशंसनीय धारणा हुन्छ।

 नेपालभित्रका हाम्रा युवाले पनि बाहिरी स्वार्थी तŒवको होहल्ला र ललाइफकाईमा बहकिएर आफ्नै दाजुभाइ, दिदीबहिनीको विरोधमा अशिष्ट झम्टाझम्टी, मुक्कामुक्की र ढुंगा हानाहान गर्नाले हाम्रो राष्ट्र उँभो लाग्दैन। बाँदरले आफ्नो घर पनि बनाउँदैन र कसैले बनाएको देख्यो भने सहन नसकी त्यसलाई भत्काइदिन्छ, भताभुंग पारिदिन्छ। हाम्रा युवाले पनि निर्माण विकास र सामाजिक सहयोगमा जोडदिनु नै हाम्रो राष्ट्रको लक्ष्य हुनुपर्छ। भत्काउने, बिगार्ने, डढाउने र रुवाउने अशिष्ट कामतर्फ हुटहुटी दिने तŒवदेखि हामी सावधान हुनुपर्छ। किनभने तिनले फुट, वैमनस्य र राष्ट्रिय विखण्डन ल्याउन खोज्छन् भने त्यसको ठीक विपरीत हाम्रा युवाचाहिँ सबै जनजातिको फूलबारी यस सुन्दर राष्ट्रलाई अझ सुन्दर विकसित तथा शान्ति, स्नेह र सद्भावनाको गौरवमय स्थान बनाउन चाहन्छन्। मानव मात्रको एक अनुकरणीय र अद्वितीय शरणस्थल बनाउन चाहन्छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad