७ वैशाख २०८१ शुक्रबार
समाज

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

बाढीले जलमग्न नेपालगन्जको न्यूरोड । तस्बिर: टेकेन्द्र बस्याल

नेपालगन्ज–निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ  स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ ।     प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए । ‘पानीको बहाव बढ्दा खतरा देखिएको छ,’ उनले भने, ‘हामीले बिहानैदेखि तटीय क्षेत्रका जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानतिर लगिरहेका छौं ।’

यसका साथै होेलिया गाउँमा बाढी पसेको छ । डुडुवाखोला र राप्ती नदीले बर्सेनि क्षति पु¥याउने टेपरी, होलियालगायत गाउँमा मंगलबार बिहानदेखि बाढी गाउँमा पसेको होलियाका गाविससचिव बलदेव तिवारीले जानकारी दिए । ‘बाढी गाउँमा पसेको जानकारी आएको छ, मैले गाउँमा सम्पर्क गर्ने प्रयास गरिरहेको छु,’  नेपालगन्जमा रहेका उनले भने ।

अविरल वर्षाले नेपालगन्ज सहरमा पनि अधिकांश ठाउँ डुबानमा परेका छन् । न्यूरोडमा त सवारीसाधन चलाउनै मुश्किल भइरहेको छ । पानीको सहज निकास नहुँदा ठाउँठाउँमा डुबान भएको प्रशासनले जनाएको छ । कोहलपुरमा पनि डुवानले जनजीवन प्रभावित भएको छ ।
सुर्खेतमा पनि भारी बर्षाले भेरी नदीका साथै उपत्यकाभित्रका इत्रामखोला, खोर्केखोलामा पानीको बहाव अत्यधिक बढेको छ ।

कोहलपुरमा पनि डुवानले जनजीवन प्रभावित भएको छ । सुर्खेतमा पनि भारी बर्षाले भेरी नदीका साथै उपत्यकाभित्रका इत्रामखोला, खोर्केखोलामा पानीको बहाव अत्यधिक बढेको छ ।

यसले गर्दा खोलानदी किनारका मान्छेलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको जिल्ला प्रहरीप्रमुख एसपी बीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मान्छेहरु समयमै सचेत भएको कारण अहिलेसम्म मानवीय क्षति भएको छैन,’ उनले भने, ‘हामीले पनि जोखिमपूर्ण ठाउँमा उद्दार र सुरक्षाको काम गरिरहेका छौं ।’ वीरेन्द्रनगरस्थित क्षेत्रीय हावापानी कार्यालयले भेरी नदीको समझीघाटमा पानीको बहाव खतराको तह पार गरी ७ दसमलब २ मिटर पुगेको जनाएको छ । पानीको बहाव बढ्दो क्रममा रहेको कार्यालय प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

 

प्रकाशित: ११ श्रावण २०७३ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App