८ वैशाख २०८१ शनिबार
खेल

आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण

काठमाडौँ – नेपाल आर्मीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताअन्तर्गत महिला चार सय मि दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण पदक जितेकी छिन्। 

लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा भएको उक्त प्रतियोगितामा कृष्णा उक्त दूरी ५९.८० सेकेन्ड समय खर्चँदै पहिलो भएकी हुन् । उनले आफ्नै नाममा रहेको एक मिनेट ०.२० सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान पनि कायम गरेकी छन् । उक्त स्पर्धामा संगीता मेची र तुलसा खत्री क्रमशः दोस्रो र तेस्रो भए। 

पुरुष चार सय मि दौडमा आर्मीका सोम कुमालले पहिलो हुँदै नयाँ कीर्तिमान कायम गरे। उनले ४७।८४ सेकेन्ड समय खर्चँदै नयाँ कीर्तिमान कायम गरेका हुन। विसं २०४६ मा आर्मीका आशाराम चौधरीका नाममा कीर्तिमान थियोि । त्यतिबेला उनले ४९।०४ समय खर्चेका थिए। सोही स्पर्धामा सर्वेस लामिछाने दोस्रो तथा जीवन चौधरी तेस्रो भए। 

त्यसैगरी एक हजार पाँच सय मि दौडअन्तर्गत महिलातर्फ सरस्वती भट्टराई पहिलो मात्र भइनन् नयाँ कीर्तिमानसमेत रचिन् । उनी चार मिनेट ४४.८० सेकेन्ड समय खर्चँदै पहिलो भइन्। उनले आफ्नै नाममा रहेको चार मिनेट ४४।९७ सेकेन्डको समयलाई सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी छन्। उक्त प्रतिस्पर्धामा सानुमाया कार्की दोस्रो तथा लक्ष्मी पाण्डे तेस्रो भए। 

पुरुषको एक हजार पाँच सय मि दौडमा उमेश मस्याङ्दी मगर चार मिनेट ०३.१२ सेकेन्ड समय लगाउँदै पहिलो भए भने रामजी श्रेष्ठ दोस्रो तथा कल्याण बानियाँ तेस्रो बने। 

उक्त प्रतियोगिताको आज प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका थिए। 

प्रधानसेनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, पौडीलगायत खेल समावेश छन् । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने सेनाका १३ खेलाडीलाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो । उनीहरुले द्वन्द्वकालमा घाइते भएर पनि खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका थिए । रासस 

प्रकाशित: २ भाद्र २०७४ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App