२७ तोला सुनका लागि हत्या गर्ने पक्राउ

शुक्रबार, ०२ भदौ २०७४, १८ : ३३ नागरिक

काठमाडौँ – गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौँ तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। 

लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी शुक्रबार महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा रु एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपी बस्दै भारततर्फ जानका लागि भारतीय रुपैयाँ समेत सटही गरी बसेका अवस्थामा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए। 

उक्त घटनाको अनुसन्धानका क्रममा गीताको घरमा करिब एक हप्ता काम गरी रु एक हजार लिएर काम छोडी हिँडेका लामिछानेले दुई हप्तापछि विदेश जान लागेको भन्दै मृतक पार्वतीसँग पैसा मागेको तर पैसा नभएको भनेपछि फर्किएर गएको खुलेको छ। 

त्यसको केही दिनपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई उक्त दिन घरमा पुगेर मृतक पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा दुई थान, बाला दुई थान, औँठी दुई थान, लकेटसहितको सिक्री एक थान, झुम्का एक जोर गरी करिब २७ तोला सुन, आइप्याड एक थान र घडी एक थानसमेत लुटी फरार भएका थिए। 

हत्याका क्रममा लामिछानेसँग साथमा रहेका नाम र वतन नखुलेका ‘भरौटे’ भन्ने व्यक्तिलाई अझै पक्राउ गर्न नसकिएको र उनको खोजी जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए। 

गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरी पक्राउ परेका लामिछानेलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ । 

साथै अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गरगहना बिक्री वितरणमा संलग्न अन्य दुई जना र खरिद गर्ने सुन पसले समेतका तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त सुनका गरगहना दीपज्योति सुनचाँदी पसलका सञ्चालकले पगालीसकेका अवस्थामा बरामद भएको छ। 

निज लामिछाने विसं २०६३ असोजमा जबर्जस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी आठ वर्ष जेल सजायसमेत भुक्तान गरी विसं २०७१ मा छुटेको समेत महाशाखाले जनाएको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...