coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारीबाटै करिब ८० करोडको दुग्ध कारोबार

हेटौंडा- मकवानपुरमा गत आर्थिक बर्ष २०७३/७४ मा ७९ करोड ६३ लाख ४४ हजार ५ सय रुपैयाँको कारोबार भएको छ। जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुर र संघमा आबद्ध दुग्ध उत्पादक सहकारीद्वारा सञ्चालित ३३ चिस्यान केन्द्रले उक्त परिणामको कारोबार गर्न सफल भएका हुन्।

जसमध्ये दुध बिक्री गरी शहरबाट ३७ करोड ३९ लाख ४ हजार ९ सय रुपैयाँ गाउँका किसानले कमाई गरेका छन् । ७४ लाख २९ हजार ५ सय ८९ लिटर दुध बिक्रीबाट उक्त रकम किसानले भुक्तानी पाएका हुन् ।

त्यस्तै ५३ लाख ४२ हजार २ सय रुपैया दुग्ध उत्पादक सहकारीले व्यबस्थापन र ढुवानीमा खर्च गरेका छन् भने २० लाख रुपैयाँ कारोबार बचत गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यबस्थापक कुमारमणि दाहालले बताए ।

३३ वटा दुग्ध चिस्यान केन्द्र मार्फत् किसानसँग दुध संकलन गरि संघले दुग्ध उद्योगहरु, स्थानीयबजार र काठमाडौं, पोखरा लगायतका शहरमा बिक्री गर्दै आएको छ ।

३३ करोड ७३ लाख ४० हजार ८ सय रुपैयाँको कारोबार चिस्यान केन्द्रबाटै भएको छ । त्यस्तै ३ करोड ६७ लाख ७७ हजार रुपैयाँ बराबरको दुधको कारोबार जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत् भएको बताईएको छ ।

संघमा आबद्ध सहकारीहरुको चिस्यान केन्द्रको भण्डारण क्षमता ५३ हजार लिटर भएपनि मकवानपुरमा दैनिक १७ हजार लिटर मात्र दुध संकलन हुने गरेको संघका अध्यक्ष बासुदेव अधिकारीले जनाए।

नेपाल दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय अध्यक्ष नारायणप्रसाद देवकोटाले ६४ जिल्लाका ४ लाख परिवार दुग्ध उत्पादनमा आबद्ध रहेको बताए । सहकारी मार्फत् दैनिक ६ लाख लिटर दुध संकलन हुँदा ३ करोड रुपैयाँको आम्दानी भईरहेको उनले बताए । ‘नेपालमा कुल दुध खपतमा १५ प्रतिशत योगदान मात्र दुग्ध सहकारीको छ, उनले भने– दुग्ध उत्पादन बृद्धी गर्न हुलाकी मार्ग र करिडोरमा दुग्ध उत्पादक सहकारी गठन र परिचालनमा जोड दिनेछौँ ।’ एक व्यक्तिले स्वस्थ हुन बार्षिक ९१ लिटर दुध सेवन गर्नुपर्ने भएपनि नेपालमा औसतमा ७१ लिटर मात्र सेवन गर्ने गरेकाले दुग्ध क्षेत्रमा धेरै सम्भावना रहेको उनले दाबी गरे।

भारतका सीमा क्षेत्रमा राज्यमा सरकारले कृषकलाई धेरै सुविधा दिएकाले त्यसको मार नेपालमा कृषकमा पर्न सक्ने भन्दै सबै सचेत हुनुपर्ने जिकिर गरे । गाउँमा दुध उत्पादन बृद्धी बढ्नु खुशीको कुरा भएपनि शहरी क्षेत्रमा निक्कै घटेकोमा चिन्ता जनाउँदै उनले चिस्यान केन्द्रलाई बिद्युत महसुलमा छुट नदिदा झनै समस्या थपिएको बताए ।

प्रकाशित: २ भाद्र २०७४ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App