८ वैशाख २०८१ शनिबार
समाज

साउनमा आशापुरेश्वरमा ८ लाख भेटी संकलन

भक्तपुर- भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनाभरिमा ८ लाख रुपैयाँ भेटी संकलन भएको जनाएको छ। श्री आशापुरेश्वर महादेव संरक्षण समितिका उपाध्यक्ष अजय तामाङ्गका अनुसार साउन महिनामा आशापुरेश्वर दर्शन तथा पूजा आराधना गर्न आएका भक्तजनहरुबाट कुल ८ लाख भेटी संकलन भएको हो। साउनमा पाँच सोमबार परेको थियो। उनका अनुसार साउन महिनमा सबैभन्दा बढी रकम तेस्रो र अन्तिम सोमबार भएको थियो। यी दुई सोमबारमा झण्डै तीन लाख भन्दा बढी रकम संकलन भएको उनले जनाए।

साविक सिपाडोल–४ हाल सूर्यबिनायक नगरपालिका–८ मा पर्ने आशापुरेश्वर महादेव मन्दिर भक्तपुर र काभे्रको सिमानामा पर्छ । आशापुरेश्वर मन्दिर अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती चोकबाट १० किलोमिटरको दुरीमा पर्छ । यो मन्दिर केदारनाथको शिर डोलेश्वर मन्दिरबाट ६ किलोमिटरको दूरीमा पर्छ। यहाँ साँगाबाट पनि जान सकिन्छ।

प्रचारप्रसारको अभाव भएता पनि बाटोको सहजता र केदारनाथको शिर डोलेश्वर मन्दिरमा आएका भक्तजनहरुलाई जानकारी भएसँगै यस क्षेत्रमा भक्तजनहरुको चाप बढ्दै गएको स्थानीय बताउँछन् । यस वर्षको साउन महिनामा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोकलगायतका ठाउँहरुबाट आएका करिब ५ लाख ५० हजार भक्तजनहरुले मन्दिरको प्रत्यक्ष दर्शन गरेको समितिको तथ्यांक छ।

विशेषगरी मनले चिताएको इच्छाआकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्तीमा उल्लेख रहेको छ । आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने प्रचलन रहेको छ।

 

 

प्रकाशित: २ भाद्र २०७४ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App