coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरा–बेनी सडक अबरुद्ध, वर्षाले ठाउँठाउँ पहिराे

पर्वत– वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध बनेको हो। कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड ठप्प छ।

मंगलबार बिहान साढे ४ बजे सडकमाथिको भिरबाट लेदो माटो खसेर बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बिच बाटोमै अलपत्र बनेका छन्। अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा नरोकिएकाले सडक खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै नाग्लीवाङ–९ फर्सेमा पहिरो जाँदा म्याग्दी सदरमुकाम बेनी जाने मालढुंगा–बेनी सडकसमेत सञ्चालन हुन सकेको छैन। रातीदेखि नै सडक अबरुद्ध भएको हो। अहिले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको र वर्षा नरोकिएका कारण डोजर पु¥याउन नसकिएको प्रहरीले जनाएको छ।

यता वर्षापछि कालीगण्डकी नदीको बहाब बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको संगममा पर्ने सेतीबेनीबजार डुबानमा परेको छ। राती स्याङ्जाको पिडीखोलातर्फका तीन दर्जनबढी घर डुबानमा परेको सेतीबेणी प्रहरी चौकीका चन्द्र न्यौपानेले जानकारी दिए। डुबानमा परेका घरमा पसलहरु सञ्चालनमा थिए। धेरै घरका पसलका सामान समेत डुबाउदा लाखौ रुपैयाँको क्षति भएको छ।

तीन जिल्ला जोडिएर बनेको सेतीबेणी बजारमा झण्डै दुई सयबढी घर रहेका छन्। नदीको सतह बढ्दै जाँदा सेतीबेणीबजारका स्थानीय रातभर जाग्राम बसेका छन्। कालीगण्डकी ए जलविद्युत आयोजनाले सबै ढोका खोले पनि अहिलेसम्म पानीको बहाब नघटेको सेतीबेणी प्रहरी चौकीले जनाएको छ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको छ। बाढीका कारण विश्वकै ठुलो शालिग्राम शिला समेत संकटमा परेको छ। त्यसैगरी वर्षाको पानी जमेर जमीन भासिँदा जिल्ला विकास समितिको भवनमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको कोठा भत्केको छ। कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्ष पूर्ण क्षति भएको छ।
कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फ्याक्स मेशिन, टेलिफोन, टेवुल र सोफासेट लगायतका सामानहरु समेत पूर्ण रुपमा क्षति भएको कार्यालय प्रमुख पण्डितले जानकारी दिए । रातको समयमा कोठा भत्किएका कारण मानविय क्षति भने हुन पाएन।

 

प्रकाशित: ११ श्रावण २०७३ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App