७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कृत १० वर्षीया बालिकाले जन्माइन् बच्चा

नयाँ दिल्ली – भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । उनले चन्डीगढको सरकारी अस्पतालमा बच्चा जन्माएकी हुन्।  

२.५ किलोको बच्चा जन्माएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पतालले बताएको छ । गत महिना उनको गर्भपतनको लागि गरिएको अपिल सर्वाेच्च अदालतबाट खारेज गरिएको छ।  

बालिकाको उमेर ज्यादै नै सानो भएको हुनाले गर्भपतन गराउनका लागि ठूलै जोखिम हुने  चिकित्सकहरूको रिपोर्ट पश्चात् सर्वोच्च अदालतले गर्भपतनका लागि दिइएको आवेदन अदालतले खारेज गरेको थियो । भारतमा २० हप्ता भन्दा माथिको गर्भपतन गराउनका लागि अदालतको स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ। 

उनीमाथि ६ पटकसम्म लगातार बलात्कार भएपछि उनको गर्भ रहेको थियो ।अपराधी बालिकाको काकालाई प्रहरीले पक्राउ गरी थुनामा राखिसकेको छ।  

बालिकाले जन्म दिएकी शिशुलाई कुनै एक सामाजिक संस्थाको जिम्मा लगाइने बालिकाका बाबु आमाको निर्णय गरिसकेका छन्। 

 

प्रकाशित: २ भाद्र २०७४ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App