coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'मृतकका परिवारलाई पाँच-पाँच लाख देऊ'

काठमाडौं- संसद्को अर्थ समितिले बाढीपहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो। हालैको बाढीबाट तराईका जिल्लामा जनधनको क्षति भएको छ। बाढीबाट अहिलेसम्म करिब डेढ सयजनाको मृत्यु भएको छ  भने हजारौं विस्थापित भएका छन्।

समितिले बाढीपीडितलाई बैंकमा खाता खोल्न लगाई नगद सहयोग सिधैं खातामा पठाउने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।

 समितिले बाढीबाट डुबान क्षेत्रका वृद्धवृद्धा, बालबालिका, अशक्त, अपांग, सुत्केरी र गर्भवतीलाई छुट्टै राहत उपलब्ध गराउन निर्देशन दिएको छ। समितिले बिरामीको  निःशुल्क स्वास्थ्य उपचार व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

बैठकले नदी नियन्त्रण, चुरे  संरक्षण कार्यक्रम तत्काल कार्यान्वयन तथा  विपद् व्यवस्थापन विधेयकलाई तत्काल संसद्मा पेस गर्न  निर्देशन दिएको छ। 

बाढीबाट प्रभावितका लागि तत्काल राहत प्याकेज घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्न, सातवटै प्रदेशमा उद्धार केन्द्र स्थापना गर्न तथा विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायसँग तत्काल समन्वय गरी वैदेशिक सहयोग परिचालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।  समितिले बाढीको दीर्घकालीन समस्या समाधानका लागि यसअघि दिइएका सुझाव कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

प्रकाशित: २ भाद्र २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App