coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एम्मा स्टोन बनिन् २०१७ को सबैभन्दा महंगी कलाकार

न्यूयोर्क – हलिउड कलाकार एम्मा स्टोन सन् २०१७ को सबैभन्दा बढी पारिश्रमिक पाउने कलाकार बनेकी छिन् । फोब्र्स म्यागेजिनले हालसालै प्रकाशित गरेको एक तथ्यांकमा स्टोन हलिउडको गायन क्षेत्रका महंगा कलाकारहरूमध्येमा सबैभन्दा महंगी कलाकार बनेकी छिन्।

फोब्र्सका अनुसार उनी  २ करोड ६० लाख डलरसहित सबैभन्दा महंगी कलाकार बनेकी हुन् । सन् २०१६ मा फोब्र्स म्याजिनले प्रकाशन गरेको उक्त सूचीमा जेनिफर सरेन्स सबैभन्दा महंगी कलाकार बनेकी थिइन्। 

म्यागेजिनले प्रत्येक वर्ष हलिउड क्षेत्रका १० महँगा कलाकारहरूको नामको सूची प्रकाशन गर्दै आएकोमा यस वर्षको उक्त सूचीमा एम्मा स्टोन सबैभन्दा महंगी कलाकारमा परेकी हुन्। 

सन् २०१७ को दोस्रो महँगी कलाकारको सूचीमा जेनिफर एन्निसन परेकी छिन्।  बेलायतीको तर्फबाट भने उक्त सूचीमा पर्न सफल एक मात्र कलाकार रहेकी छिन् एम्मा वाट्सन । उनले छैठौ स्थानमा परी बेलायतको तर्फबाट पहिलोपटक इतिहास नै रचेको फोब्र्स म्यागजिनमा उल्लेख छ। 

प्रकाशित: १ भाद्र २०७४ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App