coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार अभियुक्त सोह्र वर्षपछि पक्राउ

मेलम्ची – मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले विहीबार पक्राउ गरेको छ। 

सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए। 

दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस 

प्रकाशित: १ भाद्र २०७४ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App