coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनियमितता सार्वजनिकपछि पत्रकारलाई आयल निगम प्रवेशमा कडाइँ

काठमाडा‌ैं–एकपछि अर्को अनियमितता सार्वजनिक भएपछि नेपाल आयल निगमले पत्रकारलाई निगम परिसर प्रवेशमा कडाई गरेको छ। निगमको जग्गा खरिदमा भएको घोटाला सार्वजनिक भएपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई निगम प्रवेश गर्न समय सीमा तोकेका हुन्।

निगमका सुरक्षा गार्डले दुई बजे पहिला जाने पत्रकारलाई निगम प्रवेशमा रोक्न थालेका छन्। ‘दुई बजेभन्दा पहिला भित्र छिर्न नदिन निर्देशन छ,’एक सुरक्षा गार्डले भने।

पत्रकारलाई रोक लगाउन कार्यकारी निर्देशकले सूचना नै जारी गरेका छन्। निगमको प्रवेशद्वारमा कार्यकारी निर्देशक खड्काले जारी गरिएको सूचनामा लेखिएको छ, ‘निगमको कामको बोभका कारणले पत्रकार मित्रहरुलाई दिनको २ बजे पश्चात मात्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

आयल निगम जस्तो अत्यावश्यक सेवा प्रदायक संस्थाले प्रेसलाई  प्रवेशमा समय सीमा तोक्न नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले बताए।

‘जतिसक्दो छिटो सूचना दनुपर्नेमा समयको बार लगाएर निरुत्साही गर्न मिल्दैन,’ विष्टले भने, ‘पत्रकारलाई सहज पहुँच दिनुपर्छ।’ पत्रकारलाई रोक लगाएकोबारे आफूलाई जानकारी नभएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। ‘रोकिएको भए म कुरा गर्छु,’ उनले भने।

प्रकाशित: १ भाद्र २०७४ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App