coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अज्ञात रोगले  खदीका दुई सयभन्दा बढी बिरामी

रुकुम – जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन्।

हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिइन्। 

“भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भनिन्। बिरामीको अवस्था चिन्ताजनक रहेको छ। स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधि समेत नरहेको बुढाथोकीले बताए। हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन। 

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। एक÷एक जना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लगेर गएका छन्। 

“तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी भन्ने चिन्ता छ,” नगर प्रमुख केसीले भने। टोली आज साँझसम्म खदी पुग्ने बताइएको छ । रासस 

प्रकाशित: १ भाद्र २०७४ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App