coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाङका बाढीपीडितलाई राहत वितरण

तुलसीपुर  – तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई विहीबार राहत वितरण गरेका छन्। 

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर बाढीपीडितलाई सिरक, तन्ना, पी फर्म, झुललगायतका सामग्री वितरण गरेको हो । 

स्नेह केन्द्र सञ्चालनमा 

यसैबीच जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जालले बाढीपीडित गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित आवास, पोषण, लत्ताकपडा, औषधि उपचार र मनोसामाजिक सहयोगका लागि आजदेखि ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ। 

तुलसीपुर उपमहानगरपालिकाका वडा नं १२ को पड्डामा सो केन्द्र स्थापना गरिएको महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला संयोजक सुष्मा गिरीले जानकारी दिए। 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो केन्द्र उद्घाटन गर्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ख्याल गरेर केन्द्र सञ्चालनमा ल्याएको बताए। 

 स्वास्थ्य शिविर 

बाढीपीडित समुदायमा सङ्क्रमण फैलिन नदिन तुलसीपुर उपमहानगरपालिकाले राप्ती अञ्चल औषधि व्यवसायी सङ्घको सहयोगमा बाढी प्रभावित क्षेत्र तुलसीपुर–१३ रनियापुरमा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

शिविरमा ५१ महिलासहित ८९ जनाको स्वास्थ्य जाँच गरिएको डा. अरविन्द भुसालले जानकारी दिए। 

शिविरमा आएका पीडितलाई सामान्य रुघा खोकी, पेट दुख्ने, भाइरल फिवरलगायतका सामान्य रोग लागेको र उनीहरुलाई औषधिसमेत दिइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका वसन्तकुमार आचार्यले बताए। 

शिविरमा राप्ती अञ्चल औषधि व्यवसायी समितिका अध्यक्ष भुवनेश्वर बुढाले औषधि उपलब्ध गराएका थिए। बाढीपीडितलाई आपत्कालीन रुपमा उपचार गर्नुपरेमा स्वास्थ्य चौकीमा औषधिको निःशुल्क व्यवस्था गरिएको पनि उनले बताए। रासस 

प्रकाशित: १ भाद्र २०७४ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App