८ वैशाख २०८१ शनिबार
राजनीति

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालगञ्ज विमानस्थलमा स्वागत गरिँदै। तस्बिर : अर्जुन ओली

नेपालगञ्ज- प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

प्रधानमन्त्री देउवा बाँकेको राप्ती सोनारी पुगेर निरीक्षण गर्नुका साथै पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी आजै काठमाडौं फर्किनेछन्।

प्रकाशित: १ भाद्र २०७४ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App