७ वैशाख २०८१ शुक्रबार
खेल

'धोनीको विश्वकप सहभागिता अनिश्चित'

नयाँ दिल्ली- एकदिवसीय क्रिकेटमा महेन्द्रसिंह धोनी स्वाभाविक पहिलो रोजाइमा अब धेरै समय नपर्ने भारतीय टोलीका प्रमुख छनोटकर्ता एमएसके प्रसादले बताएका छन्। भारतीय टोलीका पूर्वकप्तान धोनीले सन् २०१९ को विश्वकपमा संलग्न हुन राम्रो प्रदर्शन गर्न जरुरी रहेको छनोटकर्ता प्रसादले बताए।

विकेटकिपर ब्याट्सम्यान धोनीले अचानक आश्चर्यजनक रूपमा २०१४ मा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। उनले ५० ओभर र ट्वान्टी–२० क्रिकेट भने लगातार खेल्दै आएका छन्। तर आगामी २०१९ को विश्वकपसम्ममा ३८ वर्ष पुग्ने धोनीको सहभागिताका बारेमा मिडियाले प्रश्न उठाउन थाले पनि उनी भने इङ्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा सहभागी हुने तयारीमा छन्। भारतले श्रीलंकाविरुद्धको टेस्ट शृंखला ३–० ले जितेपछि भारतीय धोनीको बारेमा प्रसादले आफ्नो धारण व्यक्त गरेका हुन्।

'खेलाडीको एउटा निश्चित खेल्ने उमेर हुन्छ। मैले भर्खरै आन्द्रे आगासीको पुस्तक पढंे। त्यसमा उनले ३० वर्षपछि भोगेको कुरा लेखेका छन्,' प्रसादले भने, 'त्यसपछि आगासीले दुई वा तीन ग्रान्ड स्लाम जितेका छन्।'

प्रसादले भने, 'हामी स्वाभाविक रूपमा धोनीको छनोटका बारेमा केही भन्दैनौं। तर हामीले हेरिरहेका छौं। हामी सबै सरोकारवाला हौं। हामी सबै भारतीय टोलीले राम्रो गरेको हेर्न चाहन्छौं। धोनीले राम्रो गरे भने उनको सम्भावना पनि उत्तिकै छ। त्यसो गर्न नसके हामीले वैकल्पिक उपाय हेर्नुपर्ने हुन्छ।'

धोनीले जनवरीमा सीमित ओभरको कप्तानी छोडेका थिए। धोनी भारतीय टोलीको उत्कृष्ट फिनिसर हुन्। धोनीको बारेमा छनोट कमिटीले छलफल गरिरहेको प्रसादले बताए। तर २०१९ को विश्वकपमा सहभागिताको बारेमा भने छनोट कमिटीले केही प्रतिक्रिया दिएको छैन। प्रसादले थपे ,'हामीले हेरिरहेका छौं। उनी एउटा राम्रा खेलाडी हुन्। हामी त्यस्तो केही चाहँदैनौं। तर हामीसँग योजना छ।' ३५ वर्षे भेट्रान खेलाडी युवराज सिंहलाई श्रीलंकाविरुद्धको आगामी सीमित ओभरको शंृखलाबाट हटाइएको छ। तर छनोटकर्ता प्रसादले २०१९ को विश्वकपअघि खेलाडी परिवर्तन गरिरहने योजनाअनुसार त्यसो गरिएको बताए।

प्रकाशित: १ भाद्र २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App