८ वैशाख २०८१ शनिबार
अन्य

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी÷ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको विषयमा  छानविन गर्न संसदको सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ। मंगलबार बसेको  समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो।  समितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी पद्मनारायण चौधरी तथा मिलनकुमारी राजवंशी रहेको उपसमिति गठन गरेको हो।
डा. गोविन्द केसीले अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी÷ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको भन्दै अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका थिए। सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. केसीले हिजो (सोमबार) अनशन तोडेका थिए।
अख्तियारले क्षेत्राधिकारबाहिर गएर विश्वविद्यालयको प्राज्ञिक मर्यादामाथि हस्तक्षेप गर्ने गरी परीक्षा आफैं गराएको बयान केयु पदाधिकारीले दिएपछि समितिको बैठकले छलफल निर्णय गरेको थियो।
 

 

प्रकाशित: ११ श्रावण २०७३ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App