५ वैशाख २०८१ बुधबार
राजनीति

नयाँ शक्तिबाट झा र शर्मा निष्कासित

काठमाडौं- नयाँ शक्ति पाटीले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरूलाई निष्कासन गरेको हो। नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी  गर्दै झा र शर्मालाई निष्कासन गरिएको जनाएको छ। स्रोतका अनुसार माओवादी केन्द्रले जनकपुरमा औपचारिक कार्यक्रम गरी झा र शर्मालाई भिœयाउने कार्यक्रम तय गरेको छ।

माओवादी केन्द्रमा जाने निश्चित गर्नुअघि झाले एमालेका नेताहरूसँग पनि कुराकानी गरेका थिए। एमालेभन्दा माओवादी केन्द्रसँगको वार्ता फलदायी भएपछि झा त्यतै पस्ने तयारी गरेका छन्। पछिल्लो समयमा नयाँ शक्तिका नेताहरूले पार्टी छाड्ने क्रम जारी छ।

प्रकाशित: १ भाद्र २०७४ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App