८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकामाथि तत्कालै हमला नगर्ने कोरियाको निर्णय

प्योङयाङ– उत्तर कोरियाली शासक किम जोन उनले अमेरिका माथि तत्कालै हमला नगर्ने बताएका छन् । 

उत्तर कोरियाले लामो समयदेखि अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाई हमला गर्ने योजना बनाएपनि नेता उनले उक्त योजना तत्कालैका लागि स्थगित गरिएको बताए । 

उत्तर कोरियाली समाचार  एजेन्सी केसीएनएका अनुसार नेता उनले सैन्य क्षेत्रका वरिष्ठ अधिकारीहरूसँग व्यापक छलफल पश्चात् तत्कालै अमेरिका माथि हमला नगर्ने बताएका हुन् । 

उत्तर कोरियाली सेनाले अगस्ट महिना भित्र नै अमेरिका हमला गर्ने योजना बनाएकोमा यसलाई फिर्ता लिएको हो । नेता उनले यसबारे सैन्य क्षेत्रका उच्च अधिकारीहरूसँगको व्यापक छलफल गरी अमेरिकी गतिविधिहरूको निगरानीमा उत्तर कोरिया रहेका बताएका छन् । यद्यपि उत्तर कोरियाली सेना भने अमेरिकी सैनिक अखडा गुआम हमलाका लागि तयार रहेको समाचार एजेन्सी केसीएनएमा उल्लेख छ । 

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उत्तर कोरियामाथि विश्व नै हल्लाउने हमला गर्ने बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिको केही दिन पछि मात्रै रक्षा मन्त्री जेम्स् म्याटिसले भने अमेरिका अझै पनि कुटनीतिक समाधानको पक्षको रहेको बताएका थिए । 

मंगलबार उत्तर कोरियाले स्वतन्त्रता दिवस मनाएको थियो त्यस अवसरमा उत्तर कोरियाली नेता उनले तत्कालै अमेरिकामाथि हमला नगर्ने योजना सार्वजनिक गरेका थिए । 

प्रकाशित: ३२ श्रावण २०७४ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App