८ वैशाख २०८१ शनिबार
राजनीति

बाढीपीडितको सहयोगमा परिचालन हुन काँग्रेसको सर्कुलर

काठमाडौं– नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहत र उद्धारमा पार्टी भ्रातृ संगठनहरुलाई परिचालन गर्ने भएको छ। पार्टी महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा पार्टी भ्रातृ तथा शुभेच्छुक संगठनहरुको बाढीपहिरोबाट पीडितलाई राहत दिलाउन र उनीहरूको उद्धारमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएको हो।

प्राकृतिक विपत्को यस घडीमा उद्धार र राहत कार्यमा जुट्न सबै राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, उद्योगपतिलगायत सबैलाई आग्रह गरेको छ। 

यसैबीच काठमाडौंमा उपलब्ध १७ जिल्ला सभापतिहरुको बैठकले देशको विभिन्न क्षेत्रमा भएको धनजनको क्षतीप्रति दुख व्यक्त गर्दै  उद्धार र राहत वितरणमा सहभागि हुन मातहतका सबै निकायलाई आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार राहतको कार्यक्रमलाई तीब्र बनाउन सरकारलाई आग्रह गर्दै जिल्ला सभापतिहरुले मातहतका सबै निकायलाई परिचालन गर्ने निर्णय गरेको धादिङ सभापति रमेश धमलाले जानकारी दिए।

‘सबै जिल्ला कार्यसमिति राहत संकलन कार्यक्रममा सक्रिय हुने निर्णय गरेका छौ,’ धमलाले भने, ‘प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत उपलब्धी गराउन सरकारलाई दवाव दिने छौ।’

यसअघि पार्टी पार्टी कार्यसम्पादन समिति बैठकले मुलुकमा आइपरेको दैवी विपत्तिमा नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न सरकारलाई आग्रह गरेको थियो। यस्तै पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा, औषधि र अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको कांग्रेसले प्रभावितलाई राहत र उद्धारका लागि पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदले एक महिनाको तलब उपलब्ध गराउने निर्णय गरी सकेकोे छ। 

 

प्रकाशित: ३२ श्रावण २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App