coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाँच वर्षमा यातातायबाट दोब्बर राजश्व

काठमाडौं– पाँच वर्षको अवधीमा यातायात क्षेत्रमा राजश्व बृद्धि दोब्बरभन्दा धेरै पुगेको छ । गाडीहरूको बिक्रीमा वृद्धि र सरकारले हरेक वर्ष कर तथा राजश्व दर बढाउँदै जाँदा पाँच वर्षमा वार्षिक राजश्व दोब्बर भएको हो ।

यातायात व्यवस्था विभागको आर्थिक वर्ष २०७२/७३ को तथ्यांक अनुसार यस वर्ष सरकारले यातायात क्षेत्रबाट १३ अर्ब ८६ करोड ८० लाख रुपैया राजश्व संकलन गरेको छ । यो पाँच वर्ष अघिको तथ्यांकभन्दा दोब्बरभन्दा बढी हो । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०६८/६९ मा यातायात क्षेत्रबाट सरकारले ६ अर्ब ७ करोड २२ लाख रुपैया उठाएको थियो ।

सडक निर्माण तथा संभार दस्तुरमा ५ अर्ब ४३ करोड ७४ लाख रुपैया राजश्व संकलन गरेको छ ।

हरेक वर्ष अटोमोबाइल्स क्षेत्रमा भएको व्यवसाय वृद्धिले गर्दा यसबाट उठ्ने राजश्व पनि बढ्दै गएको व्यवसायीको भनाइ छ । ‘हरेक वर्ष २० देखी २५ प्रतिशत व्यवसाय वृद्धि भएको छ,’ नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसको प्रत्यक्ष फाइदा सरकारले उठाउने राजश्वमा पुगेको छ ।’

पूर्ण रुपमा आयातमा निर्भर गाडीको आयात पनि पाँच वर्षमा झन्डै आधा बढेको छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ को फागुनसम्म जम्मा २१ लाख ४३ हजार १ सय ८६ वटा सवारी दर्ता भएका छन् । जब कि आर्थिक वर्ष २०६८÷६९ मा सम्पुर्ण सवारी दर्ता १३ लाख ४८ हजार ९ सय ९५ दर्ता भएको तथ्यांक रहेको छ ।

त्यस्तै सरकारले हरेक वर्ष गाडी र यसका पार्टस्पुर्जामा राजश्व र कर वृद्धि गर्दै गएको छ । हाल सरकारले झन्डै २४० प्रतिशत कर उठाउँदै गरेको छ ।  

सरकारले यातायात क्षेत्रमा विभिन्न किसिमका कर तथा दस्तुर लिदै आएको छ । आयकर, सवारी साधन कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, सडक निर्माण तथा संभार दस्तुर, सवारी चालक अनुमतिपत्र र सवारी इजाजतपत्रको दस्तुर, परीक्षा शुल्क, यातायात क्षेत्रको आम्दानी र जरिवाना शिर्षकमा सरकारले राजश्व उठाइरहेको छ ।

यी शिर्षकमध्ये सवारी साधन कर र सडक निर्माण तथा संभार दस्तुर सबैभन्दा धेरै उठ्ने गरेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार सवारी साधन करमा सबैभन्दा धेरै ७ अर्ब ७ करोड ५३ लाख रुपैया उठाएको छ । त्यस्तै, सडक निर्माण तथा संभार दस्तुरमा ५ अर्ब ४३ करोड ७४ लाख रुपैया राजश्व संकलन गरेको छ । सवारी चालक अनुमतिपत्र र सवारी इजाजतपत्रको दस्तुरका नाममा झन्डै एक अर्ब रुपैया राजश्वसंकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

६ बर्षको अवधीमा यस क्षेत्रबाट राजश्व संकलन उल्लेख्य रुपमा वृद्धि भइरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६७/६८ मा ५ अर्ब ३२ करोड राजश्व संकलन भएकोमा अर्को वर्ष ६ अर्ब पुगेको छ । आर्थिक वर्ष २०६९/७० मा ७ अर्ब ७१ पुगेको राजश्व अर्को वर्षमा ८ अर्ब ६० करोड रुपैया पुगेको छ । हरेक वर्ष झन्डै एक अर्बले बढेको राजश्व आर्थिक वर्ष २०७१/७२ मा झन्डै ४ अर्ब रुपैया थपिएको छ । यो वर्ष जम्मा १२ अर्ब १५ करोड रुपैया राजश्व संकलन भएको  थियो ।

सडकमा ट्राफिक जाम देखिएपनि नेपालमा गाडीको पेनिट्रेसन अन्य मुलुकमो तुलनामा अत्यन्तै कम छ । चार पांग्रेको पेनिट्र्सन ०.६ प्रतिशत छ भने यसमा मोटरसाइकल पनि जोड्ने हो भने ६ प्रतिशत रहेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार यस क्षेत्रले झन्डै १५ लाख व्यक्तीलाई रोजगारी दिएको छ । सरकारले सडकमा राम्रो लगानी गरेको तर लगानी धेरै भए पनि सडकको गुणस्तर र यसको सुरक्षाको विषय अझै पनि राम्रो हुन नसकेको व्यवसायी बताउँछन् ।  

सडक विभाग र डोलिडार अन्र्तगत झन्डै १ लाख किलोमिटर सडकको संजाल नेपालमा भइसकेको छ । पाँचछ वर्षमा यसको विकास तीव्र रुपमा भएको छ । सडक पुगेको ठाउँमा सवारी साधन पु¥याउन आवश्यक भएको व्यवसायी बताउँछन् ।

सर्वसाधरणको पहुचमा सवारी साधनलाई ल्याउन सके राजश्व र बजार पनि बढ्नेछ । आर्थिक गतिविधीलाई अझ बढाउने विश्वास लिइएको छ ।  

 

 

 

 

प्रकाशित: ११ श्रावण २०७३ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App