coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

काठमाडौं- घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् । 

च्याम्पियनसिपको समूह ‘ए’ मा बंगलादेश भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । यु–१५ च्याम्पियनसिपलाई साफ यु–१६ च्याम्पियनसिपको स्थानमा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ । दक्षिण एसियाली फुटबलले एएफसी यु–१६ छनोट फुटबललाई लक्षित गरेर साफ यु–१५ च्याम्पियनसिप गर्ने नियम बनाएको हो ।  प्रतियोगिता खेलेको टोलीले सोही वर्ष एएफसी यु–१६ प्रतियोगितामा सहभागिता जनाउनेछ ।

साफ च्याम्पियनसिपको दुई समूहका विजेता र उपविजेता टोलीले  सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल अगस्ट २५ र फाइनल २७ मा हुनेछ । सेमिफाइनल खेल एन्फा कम्प्लेक्स र एपिएफ मैदान हल्चोकमा हुनेछन् । फाइनल खेल एन्फा कम्प्लेक्समा हुने एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App