८ वैशाख २०८१ शनिबार
राजनीति

महासंघको नेतृत्वमा तीनको दाबी

काठमाडौं– पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागी तीन जना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

वरिष्ठ पत्रकार तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगरले भावी नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । भदौ  ४–५ गते पत्रकार महासंघको २५ औं राष्ट्रिय अधिवेशन हुँदैछ।

पत्रकार कोइराला थाहा खवरका सम्पादक हुन भने आचार्य तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार तथा मगर महासंघका महासचिवको जिम्मेवारीमा छन् । भावी नेतृत्वका लागि सोमबार मात्रै कोइराला र मगर दुई जनाले उम्मेदवारी घोषणा गरेका हुन् भने आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

कोइरालाले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई प्रेस चौतारीले समर्थन जनाएको बताएका छन् भने प्रेस युनियन र प्रेस सेन्टरले भने आचार्यलाई उम्मेदवार घोषणा गरेका छन् । मगरले भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

कोइरालाको उम्मेदवारीलाई एक कार्यक्रमबीचमा चौतारीले समर्थन गरेको हो । ‘महासंघलाई साझा बनाउने उद्देयसहित कोइरालालाई उठाइएको हो,’ चौतारी अध्यक्ष गणेश बस्नेतले भने । कोइरालाले पनि आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा सबैको साझा हुने प्रयत्न गरेको बताए ।

उता, प्रेस युनियन र सेन्टरले भने साझा उम्मेदवारका रूपमा आचार्यलाई अगाडि बढाएका छन् । ‘प्रेस सेन्टर र युनियनबीच सहकार्य भएको छ, अन्यसँग छलफल अघि बढ्दैछ,’ आचार्यले नागरिकसँग भने । उनका अनुसार सेन्टरका अध्यक्ष महेश्वर दाहालले आचर्यलाई समर्थन जुटाउन लागि परेका छन् । मगरले पनि आफ्नो दाबेदारीलाई सोमबार नै सार्वजनिक गरेका हुन् । ‘साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी सार्वजनिक गरेको छु, सबैको साथ र समर्थन पाउनेमा विश्वस्त छु,’ मगरले भने ।

 

 

प्रकाशित: ३२ श्रावण २०७४ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App