coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपत्तीमा परेकालाई राहत वितरण गदैं कलाकार धुर्मुस

इटहरी- कलाकार जोडी सीताराम कट्टेल  र कुञ्जना घिमिरेको संस्था धुर्मुश–सुन्तली फाउण्डेशसनले पूर्वी तराईमा प्राकृतिक विपत्तीमा परेकालाईं प्रत्यक्ष भेटेर राहत वितरण थालेको छ। बाढीले गर्दा प्राकृतिक विपत्तीमा परेकालाई राहत वितरण गर्न फाउण्डेशनका अध्यक्ष धुर्मुस महोत्तरीबाट अभियान थालेर मंगलबार सुनसरी आइ पुगे।

 २०७२ सालमा आएको महाभूकम्पको विपत्तीबाट पीडित भएका परिवारका लागि  सिन्धुपाल्चोकको गिरानचौर  र काभ्रेको पहर गाउँमा  एकीकृत वस्ती निर्माण गरेका कलाकार जोडीको संस्थाले  महोत्तरीको मुसहर वस्तीमा समेत वस्ती निर्माण गरेको छ। कलाकार जोडीको संस्थाले भारी बर्षाले गर्दा डुबानमा परेको पूर्वी तराईको अवस्थाबारे जानकारी लिएर राहत वितरण गर्ने अभियानमा जुटेको हो ।

संस्थाका अध्यक्ष धुर्मुसका अनुसार, महोत्तरीमा ३५, धनुषमा र ८८ सप्तरीमा ९६ घर  परिवारलाई राहत वितरण गरिएको छ। सुनसरीको इटहरी वडा नं. ३ को खोर्साने खाप र वडा नं. ३ कै सरस्वती स्कुल पूर्व बुढी खोला छेउका पीडितलाई धुर्मुसले राहत वितरण गरे ।

बाढी पीडितलाई धुर्मुस–सुन्तली फाउण्डेशसनका तर्फबाट आवश्यकता अनुसार, चर्ट लाइट, चिसोबाट बच्ने म्याट, ब्लाङ्केट, औषधी, चिउरा, विस्कुट, पानीलगायतका सामान वितरण गरिएको छ। धुर्मुसका अनुसार, पूर्वी तराईंका महोत्तरीदेखि झापासम्मका बाढी पीडितलाईं पहिलो चरणमा स्थलगत रुपमा पुगेरै राहत वितरण गर्ने योजना छ। पहिलो चरणमा राहत वितरण गरेपछि त्यसपछि बिस्थापितलाई पुर्नस्थापित गर्न र थप आवश्कता पूरा गर्नका निम्ति भूमिका खेल्ने बताए ।

महोत्तरीदेखि सुनसरीसम्म सवैभन्दा बढी सप्तरीका बाढी पीडितको अवस्था दर्दनाक रहेको धुर्मुसले बताए। ‘अहिलेसम्म घुमेको स्थानमध्ये सप्तरीको कोसी छेउका पीडितको अवस्था दर्दनाक छ,’ उनले भने, ‘बढी–घटी समस्या भएपनि पीडितले कष्टकर जीवन भोग्दै आएका छन् ।’ उनले आफू सरकारलाईं सघाउन हिडेको बताउँदै राहत वितरणका लागि ल्याएको एकद्दवार नीति जायज भएको बताए । ‘म पनि सरकारलाई सघाउन हिडेको अभियन्ता भएकाले गर्दा आपसी समन्वय गरेर र सूचना दिएर बाढी पीडितको पक्षमा लाग्नेछु,’ उनले सुनाए।

                धुर्मुसले बाढी पीडितलाई राहत वितरण गर्ने क्रममा अब जुनसुकै बेला माहामारी फैल्न सक्ने खतरा रहेको जनाउँदै सवैलाई सचेत हुन आग्रह गरे। ‘संकटको यस घडीमा सरकारी निकायको मात्र मुख नताकीकन सवै नागरिकले पीडितका लागि मानवीय धर्म निर्वाह गरेर भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘भौतिक संरचना बनाउँदा पनि हामीलाई त्यसले थिची रहेको छ । त्यसैले गर्दा त्यसमा पनि ध्यान दियौं।’

धुर्मुश–सुन्तली फाउण्डेशसनसँगै इटहरीको महिला आधारशिला समूहले पनि संयुक्त रुपमा इटहरी वडा नं. ३ को खोर्सानेखापका केही घर परिवार र सरस्वती स्कूलको पूर्व बुढी खोला छेउका पीडितलाई कुर्था सरुवाल वितरण गरियो । संस्थाका सुशीला उप्रेतीले इटहरी क्षेत्रका बाढी पीडितलाई विभिन्न दातासँग समन्वय गरि लत्ताकपडा वितरण गरीरहेको बताइन्।

यसैबीच, धुर्मुश–सुन्तली फाउण्डेशसनलाई होटल व्यवसायी संघ इटहरीले दस हजार एक रुपैयाँ नगद सहयोग गरेको छ। होटल व्यवसायी संघले जुनसुकै प्राकृतिक विपत्तीमा फाउण्डेसनले मानवीय धर्म निर्वाह गरेर अभियान गदैं आएकोमा त्यसलाई सहयोग पु¥याउन नगद प्रदान गरिएको जनाइयो।

प्रकाशित: ३१ श्रावण २०७४ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App