८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनद्वारा उत्तर कोरियाको कोइला, फलाम अायातमा प्रतिबन्ध

चिनियाँ राष्ट्रपति सि जिङपिङ तथा उत्तर कोरियाका सर्वोच्च नेता।

बेइजिङ– चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोष्टको अनलाइनले जनाएअनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को निर्णय कार्यान्वयन गर्दै चीनले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दीको घोषणा गरेको हो।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले गत अगस्ट ५ मा अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाइने बिधेयकलाई बहुमतले पारित् गरेको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय मूल्यमान्यतालाई उपेक्षा गर्दे अन्तर महादेशीय व्यालेस्टिक मिसाईल परीक्षण गरे पश्चात् त्यसको जवाफका रूपमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाएको हो ।

उत्तर कोरियामाथि  संयुक्त राष्ट्रसंघले लगाएको यो प्रतिबन्धलाई अहिलेसम्मकै कडा प्रतिबन्धको रूपमा लिइएको छ  । उत्तर कोरियाप्रति केही मात्रामा लचक देखिएको चीनले लगाएको यस प्रकारको कडा व्यापारिक प्रतिबन्धले उत्तर कोरियाको निर्यात व्यापारका ठूलै धक्का पुग्ने देखिन्छ ।

प्रकाशित: ३१ श्रावण २०७४ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App