coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी गतिविधिको निगरानी गरिरहेका छौं : उत्तर कोरिया

प्योङयाङ—उत्तर कोरियाली शासक किम जोन उनले अमेरिकी सैन्य अखडा गुआमलाई निशाना बनाई क्षेप्यास्त्र प्रहार गर्नेबारे  सैन्य क्षेत्रका उच्च अधिकारीहरूसँग छलफलबाट टुङ्गो लगाउने बताएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार उत्तर कोरियाली सैनिकहरू अमेरिकाविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहेको बताए पनि सर्वोच्च नेता किम जोन उनले भने अमेरिकी गतिविधिको निगरानी मात्र भइरहेको उल्लेख गरेका हुन्।

अमेरिकी सैन्य आधार क्षेत्रलाई उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले जस्तोसुकै हमलाल प्रतिकार गरिने बताएका थिए।

उत्तर कोरियाली सेनाले अगस्ट महिना भित्रै अमेरिकामाथि मिसाईल  हमला गर्ने योजना बनाइसकेको र उक्त योजनालाई नेता किम जोन उन समक्ष प्रस्तुत गर्न बाँकी रहेको बताएको थियो। नेता उनले यसबारे उच्च सैनिक अधिकारी समक्ष निरन्तर रूपमा छलफल जारी राखेका छन्। अमेरिकी गतिविधिमाथि निगरानी राखेर मात्र अमेरिकी सैनिक अखडा गुआममाथि हमला गर्ने बताउँदै आएका छन्।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि विश्व नै हल्लाउने हमला गर्ने चेतावनी दिएका थिए। त्यसको केही दिनपछि पछि रक्षामन्त्री जेन्स म्याटिसले अमेरिका कुटनीतिक समाधानको पक्षमा रहेको बताएका थिए।

मंगलबार उत्तर र दक्षिण कोरियामा राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ। यस अवसरमा उत्तर कोरियाले अमेरिका हमलाप्रति थप रणनीति ल्याउन सक्ने अनुमान गरिएको छ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले  भने विश्वले युद्धको सामना गर्न नपरोस् भन्दै कुटनीतिक  समाधानको बाटो अपनाउनुपर्ने बताउँदै आएका छन्।  
 

प्रकाशित: ३१ श्रावण २०७४ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App