८ वैशाख २०८१ शनिबार
समाज

बाढीले निकुञ्जका जनावर प्रभावित, गैंडा र हरिण मृत भेटिए

नवलपरासी- नारायणी नदीले बगाएका दुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी ब्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ। नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा उम्केर नजिकैको जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए।

शनिबार नवलपरासी क्षेत्रतर्फको राष्ट्रिय निकुञ्जबाट निस्केका दुई गैंडासँगै ६ वटा हरिण नारायणी नदीमा बगेका थिए। तीमध्ये तीन हरिण शनिबार त्रिवेणी ब्यारेजमा मृत अवस्थामा फेला परेका थिए। मृत भेटिएको गैंडा दुई वर्षको भाले रहेको जिल्ला वनअधिकृत विजयराज सुवेदीले जानकारी दिए। मृत भेटिएको गैंडाको खाग र खुर निकालेर गाडिएको जिल्ला वन कार्यालयका सुवेदीले बताए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App