बाढीको कुरा गर्दा डाँको छोडेर रोए डा. केसी

मङ्गलबार, ३१ साउन २०७४, ०७ : ४२ दीपक दाहाल  | @DeepakDahal1

काठमाडौं- अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसी अचानक डाँको छाडेर रोए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए।

शनिबार बाढीको खबर सुने पनि यति ठूलो जनधनको क्षति भएको जानकारी उनलाई गराइएको थियो। भेटका क्रममा केही चिकित्सकले देशमा यति ठूलो संकट आइपर्‍यो भनेको सुनेपछि डा. केसीले बाढीको क्षतिबारे जिज्ञासा राखेका थिए। पछि पत्रपत्रिकामा छापिएका तस्बिरसमेत पल्टाएर हेरेपछि उनी निकै गम्भीर बनेका थिए।

'मरेको बच्चा गाड्ने ठाउँ पनि नपाएर बगाउनुपर्‍यो भन्ने सुनाइदिएछन् साँझ, फेरि रुनु भएछ,' उनका भाइ किशोर केसीले भने। शनिबार विपत्तिको खबर आएपछि कतिपयले अनशन स्थगित गर्नसमेत आग्रह गरेका थिए। त्यति बेला डा. केसीले उठेर पनि दुईतीन साता त्यहाँ जान नसक्ने भन्दै अनशनलाई निरन्तरता दिने बताएका थिए ।

'उहाँले सप्तरी सिराहतिर डुबान भइरहन्छ सामान्य हो भन्ने ठान्नुभएको रहेछ,' किशोरले भने, '८० भन्दा बढी मरेर ३० भन्दा बढी हराइरहेका छन् भन्ने सबै सुनाएपछि डाँको छोडेर रुनुभयो।' डा. केसी रुन थालेपछि मुटुको गति २ सयभन्दा माथि गएसँगै सबैले सम्झाएका थिए। रुन छाडेपछि पनि राति अबेरसम्म ननिदाईकनै सोचमग्न भएर पल्टिएको र मुटुको चालमा समेत परिवर्तन देखिइरहेको सहयोगीले बताएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad