coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक सिंगे गैडा र हरिण मृत अवस्थामा फेला

नवलपरासी—नवलपरासीको नारायणी नदीको ठोकर नं १३ मा एक सिंगे गैडा मृत अवस्थामा फेला परेको छ।

नारायणीमा बढ्दै गएको पानीमाबग्दै आएको एक गैंडा ठेकर नं १३ मा मृत अवस्थामा फेला परेको हो।

गैडासंगै बग्दै आएका हरिण पनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक बिष्णुहरी कोइरालाले बताए। गैडासंग ६ हरिण मृत अवस्थामा फेला परेका थिए।

भेटिएका वन्यजन्तुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले जानकारी दिए ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बंदेल, स्याल जस्ता वन्यजन्तु फेला परेका थिए ।

ती सबै जनावर वर्षाको भेलकाकारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदीमा ल्याएका हुन्। तर कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांकभने छैन।

 

प्रकाशित: ३० श्रावण २०७४ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App