coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुलीका सबै ग्रामिण सडक अवरुद्ध

सिन्धुली- चार दिन देखि परेको अविरल बर्षाका कारण सिन्धुलीका अधिकांश ग्रामिण सडक बन्द भएका छन्। दैनिक दर्जनौ ठूला तथा साना गाडी आवातजावत गर्ने दुधौली मरिण लगायतका सडक समेत बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन्।  बर्षाका कारण  ग्रामिण सडकहरु अधिकांस क्षतविक्षत भएपछि अवातजावत ठप्प भएको हो ।

मरिण क्षेत्रबाट सदरमुकाम सम्म आउने बाटो तहशनहश भएको छ, बिपी यातायात व्यवसायी संघका अध्यक्ष कान्छामान बल तामाङले भने–‘मरिणबाट सिधै काठमाडौं आवातजावत गर्ने सवारी अहिले पुरै थन्किएका छन् । दैनिक दर्जनौ बस सञ्चालन हुदै आएको चकमके सिन्धुली, मरिण सिन्धुली हुँदै काठमाण्डौ डकाहा दुधौली हुँदै काठमाण्डौ तथा हषार्ही टाडी हुँदै काठङ्गाडौं पुग्ने अधिकांश सवारीका साधन अवरुद्ध भएको स्थानीयले जनाए।  सिन्धुली हुँदै निर्माण भएको वीपी राजमार्गसँग जोडेर विकट गाँउसम्म पुर्‍याएका अन्य ग्रामिण सडक सबै अबरुद्ध छन्। चार दिनदेखि परेको मुसलधारे पानीले ठाँउठाँउमा पहिरो गएपछि अधिकांश ग्रामिण सडक अवरुद्ध भएको स्थानीय बासिन्दा बताउँछन्। सडक अवरुद्ध भएपछि सदरमुकामबाट चल्ने अधिकांश ग्रामिण बस तथा साना गाडीको सेवा रोकिएको छ ।  सडक अवरुद्ध भएपछि आवातजावत गर्नका लागि सर्वसाधारणहरुलाई कठिनाई भएको छ।

लगातार बर्षा भएपछि ग्रामिण सडकमा पहिरो खस्ने, चिप्लो हुने तथा सडक बगाउने समस्याका कारण सकड अवरुद्ध भएको हो । सिन्धुलीबाट वीपी राजमार्गलाई आधार बनाएर झन्डै दुइदर्जन सडक निर्माण भएका छन् । यि सडकमा हाल सबै अवरुद्ध भएका छन् ।  यस्तै चतरा–सिन्धुली–हेटौडा सडकलाई आधार बनाएर पनि थुप्रै कच्चि सडक निर्माण भएका छन् । हिउँदयाममा प्राविधिक विनै ठुला ठुला पाखा स्काभेटर लगाएर भत्काईएका सडकहरु बर्षा सुरु भएसँगै बन्द भएका हुन् ।

जिल्लाको कमलाखुँज महाभारत क्षेत्रका बासिन्दा बर्षासुरु भएसँगै यातायातको सुविधाबाट बञ्चित हुने गरेका छन् । कमलाखुँज क्षेत्रमा निस्कने खहरेले बाटो तहशनहश बनाएपछि यहाँका दुईदर्जनबढी गाविसमा सहज यातायातका सवारी पुग्दैन । खहरेले बाटो सबै खोलो बनाएको छ मोटरसाइकल पनि बोक्ने र ठेल्ने गर्नुपर्ने अवस्था रहेछ स्थानीय स्थानीय बदनाम धामीले भने–‘लगातारको बर्षाले ठाँउठाँउबाट निस्किएको खहरेले सबै बाटो बगाएको छ।’  सिन्धुलीबाट मरिण, कमलाखोंच, चकमके, बाहुन्तील्पुङ, जलकन्या मझुवा, तिनकन्या लगायत अन्य ग्रामिण भेगमा सञ्चालन हुने सवारीका साधनहरु बर्षासुरु हुन साथ अवरुद्ध हुने गरेका छन् । बर्षा सुरु हुने वित्तिकै सवारी नआउने चिन्ता हुन्छ, जलकन्या गाविसका एक स्थानियले भने बर्षेनी लाखौ लगानी भएको सडकै यस्तो हालत छ भन्ने अन्य स्थानमा के होला । २ घण्टामा सदरमुकाम आइपुग्ने हामीलाई दुइ दिन लाग्यो, डकाहाका सुन्दर अधिकारीले भने–‘कमला नदी पार गर्नुपर्ने समस्या त छदैथियो थप बाटो विग्रिएपछि सबै हिडेर आवातजावत गर्नुपर्ने भयो । बर्षाका कारण व्यस्त सडकनै खुलाउन झन्डै एक साता लाग्ने गरि विग्रिएको स्थानीयको भनाई छ।

 

प्रकाशित: ३० श्रावण २०७४ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App