टेलिकमले २२ अर्ब थप लगानी गर्ने

सोमबार, ३० साउन २०७४, १२ : १९ नागरिक

काठमाडौं – नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि भन्दै २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। 

टेलिकमले आर्थिक वर्ष ०७४/७५ मा विभिन्न कार्यक्रममार्फत सेवा तथा गुणस्तर सुधार गर्न भन्दै थप लगानी गर्ने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘हामीले सेवा विस्तार तथा गुणस्तर सुधार गर्न थप २२ अर्ब रुपैयाँ पुँजीगत लगानी गर्ने योजना छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राजभणडरीले भनिन्, ‘थप लगानी सहित यो वर्ष १७ प्रतिशतले ग्राहक थप गर्ने लक्ष्य रहेको छ।’

कार्यक्रममा राजभण्डारीले टेलिकमले गरेका उपलब्धि र आगामी योजनाका बारेमा बताएकी थिइन् । कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रले मुलुककै कुल गार्हस्थ उत्पादन वृद्धिमा सहयोग गर्ने बताए । 
मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको र यसमा नेपाल टेलिकमले आफूलाई प्रतिस्पर्धी बनाउनु पर्ने बताए । ‘नयाँ ठाउँका खोज गरी सेवा विस्तार नगर्दासम्म प्रतिस्पर्धामा आउन सकिँदैन,’ मन्त्री बस्नेतले भने, ‘टेलिकमले नयाँ ठाउँमा पुगने चुनौतीसँगै नाफामा वृद्धि गर्न सक्नु नै उपलब्धि हुनेछ ।’ नीतिगत विषयहरू अगाडि आएको तर गुणस्तरका विषयमा थप केही काम गर्नुपर्ने भएकाले टेलिकमले उक्त विषयलाई विशेष ध्यान दिनुपर्ने बताए। 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रत्येक विपत्को समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गर्दै मुलुकका सम्पूर्ण स्थानमा सेवा पुर्‍याएर पनि सधैं पहिलो नम्बरमा रहनुपर्ने कम्पनीको बाध्यता भएको बताए । उनले नेपाल टेलिकम, सरकार र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने बताए।  

कार्यक्रममा नेपालमा सर्वसाधारणका लागि टेलिफोन सेवा सुरु गरिएको सय वर्ष पुगेका अवसरमा सय वर्षे यात्राको झलकसमेत प्रस्तुत गरिएको थियो । मुलुकमा विक्रम सम्बत १९७३ मा पहिलो टेलिफोन सेवा सुरु भएको थियो भने त्यसको अर्को वर्ष जेठ १ गते सर्वसाधरणलाई टेलिफोन सेवा उपलब्ध भएको थियो। 

 

तीन सञ्चारकर्मी सम्मानित

टेलिकमले नेपालमा टेलिफोन सुरुआत भएको एक सय वर्ष पुरा भएको उपलक्ष्यमा आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन तथा प्रसारण गर्ने दुई सञ्चारकर्मीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा नागरिक दैनिकका वरिष्ठ संवाददाताद्वय सन्तोष न्यौपाने र सन्तोष पोखरेललाई संयुक्त रुपमा र गोरखापत्रका समाचारदाता विश्वास रेग्मीलाई टेलिकमले सम्मान गरेको हो । सम्मानित पत्रकारलाई टेलिकमले प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारसहित सम्मान गरेको थियो ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad