७ वैशाख २०८१ शुक्रबार
राजनीति

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

काठमाडौं –  भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ।

अविरल वर्षाका कारण बाढी र डुबानमा परेर ५० जना भन्दा वढीको ज्यान गएकोमा दुःख व्यक्त गर्दै सो पार्टीले सीमावर्ती क्षेत्रमा बनाएका बाँध नभत्काएसम्म तराईको भूमी डुबानमा परिरहने दाबी गरेको छ।  

अध्यक्ष बद्रीप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको वैठकले सो माग अघि सारेको हो । ‘भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा डुबान भएको चुरेभावर पार्टीको ठहर गर्दै भनेको छ  ‘नेपाल र नेपालीहरूलाई क्षति हुने गरेर बनाइएका त्यस्ता संरचनाहरू हटाउने विषयमा भारतसँग कुटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ पार्टीले माताहातका जिल्ला कमिटीलाई बाढी र डुवानमा परेकाको तत्कालै उद्धार कार्यमा सक्रियतापूर्वक खटन र उपलब्ध राहत वितरण गर्न पनि मातहतलाई निर्देशन दिएको छ। 

पार्टीले बाढी, डुवान र पहिरोबाट अर्बौको धनजनको क्षति भएको तर सरकारले सो क्षतिलाई न्यूनीकरण गर्न कुनै पूर्व तयारी नगरेको आरोप लगाउँदै पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपुर्तिको व्यवस्था गराउन पनि माग गरेको छ । ‘सरकारले बाढी पीडितहरूको उद्धार र राहत वितरणमा सही तरिकाबाट काम नगरेको  पार्टीको ठहर छ’  आरोप लगाउँदै पार्टीले भनेको छ, ‘सरकारले छिटोभन्दा छिटो बाढी पीडितहरूलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधि र बालबच्चाहरूको उचित स्याहार सुसारका लागि पहल गर्न गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’

मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन प्रति हार्दिक समवेदन प्रकट गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

 

प्रकाशित: ३० श्रावण २०७४ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App