८ वैशाख २०८१ शनिबार
समाज

पर्सामा बाढीले २ को मृत्यु ३ बेपत्ता

 वीरगन्ज- अविरल वर्षाका कारण आएको बाढीले पर्सामा २ जनाको बगेर मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। यहाँका पचास बढी गाउँमा बाढी पसेको छ।

                पकहाँ मैनपुर–४ खेसराहाँमा आफन्त भेँट्न आएका भारतीय नागरिक, बिहारको बेँतिया घर घएका रामस्वरुप माझीको बाढीमा बगेर आइतवार बिहान मृत्यु भएको छ। यसअघि शनिवार साँझ जगरनाथपुर–१ मा सोही ठाउँ बस्ने बुनि महतो गाउँ नजिकै बाढीको भेलको चपेटामा परेपछि उनको मृत्यु भएको छ। त्यसैगरी पिराडी गुठीमा एक जना महिला र २ जना बच्चा वेपत्ता भएपछि उनीहरुलाई बाढीले बगाएको स्थानीयले अनुमान गरेका छन्।

‘बाढीमा बगेर दुई जनाको मृत्यु भएको पुष्टि भएको छ,’ पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘एक जना महिला दुई बच्चाहरु सहित बेपाता भएकी भन्ने जानकारी आएको छ, यकिन रुपमा पुष्टि गर्ने काम भइरहेको छ।’ लामो अन्तरालपछि यस्तो बाढी आएको जिल्लावासीले बताएका छन्। बाढीका कारण बिभिन्न गाउँ बस्तीका मानिसहरु बिस्थापित भएका छन्। बेल्वा गाउँको सिंगै मुसहर बस्ती बिस्थापीत स्थानीय बिद्यालयमा शरण लिएका छन्।

पर्सामा ५० बढी गाउँमा बाढी पसेको छ भने एउटा गाउँ वा टोल पनि बाढीको चपेटबाट जोगिन सकेको छैन् । यता जिल्लास्थित दैवी प्रकोप उद्धार तथा राहत समिति अहिले क्षतिको अनुगमन बाहेक कुनै सरकारी राहतको भने आफुहरु नपाएको लालपर्साका बाढीपीडीतले बताए। यसैबीच संघीय समाजवादी फोरम नेपालले माहानगरपालिका वीरगन्ज भित्रका ४ सय बाढी पीडीत परिवारलाई राहत सामग्री बितरण गरेको जनाएको छ । वीरगन्ज माहानगरमा गाभिएका साबिकका १५ गाबिसका क्षेत्र र जिल्लाको पश्चिममा पर्ने ओरिया खोला आसपासका गाउँहरुमा बाढीको सबभन्दा बढी प्रभाव छ। यता वीरगन्जमा बजार क्षेत्रमा समेत पसेको बाढीले आदर्शनगर, रानीघाट, राधेमाई, श्रीपुर, छप्कैया लगायत क्षेत्रलाई डुबाएको छ। आदर्शनगरमा ब्यपारिक प्रतिष्ठान तथा पसल गोदामहरुमा बाढी पसेर करोडौंको क्षति भएको ब्यवसायी सचिन अग्रवालले बताए।

प्रकाशित: २९ श्रावण २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App