coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टेलिकम नेटवर्कमा एसएमएस निःशुल्क

काठमाडौं—मुलुकभर गएको बाढीपहिरोलाई ध्यानमा राखेर नेपाल टेलिकमले तीन दिनको लागि एसएमएस निशुल्क बनाएको छ। आज आइतबारदेखि लागू हुने गरी साउन ३१ गतेसम्मका लागि टेलिकमको नेटवर्क भित्र मुलुकभर एसएमएस निशुल्क बनाएको हो।

‘टेलिकमको नेटवर्कमा आएको समस्यालाई विशेष महत्व दिएर पुनसञ्चालनको काम भइरहेको छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राजभण्डारीले भनिन्, ‘हामीले बाढीपीडित क्षेत्रका जनतालाई ध्यानमा राखेर सेवा सुचारु गर्न विशेष पहल भइरहेको छ र अवरुद्ध भएका धेरै ठाउँमा सुचारु पनि भएको छ।’

टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले केही दिनदेखि मुलुकभर भएको भारी वर्षासँगै आएको बाढी–पहिरोबाट भएको धनजनको क्षति न्युनिकरण गर्न एवं विपत्मा परेकाहरुलाई सञ्चार सम्पर्क सहज पार्ने उद्देश्यले एसएमएस निशुल्क बनाएको बताइन्। ‘यस सम्बन्धमा भर्खरै निर्णय भएको छ,’ वैद्यले नागरिकन्युजसँग भनिन्।

केही दिनदेखिको भारी वर्षाको कारण देशका विभिन्न ठाउँमा सञ्चार अवरुद्ध भएको र त्यसलाई समाधान गर्ने प्रयास भइरहेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। ‘टेलिकमको नेटवर्कमा आएको समस्यालाई विशेष महत्व दिएर पुनसञ्चालनको काम भइरहेको छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राजभण्डारीले भनिन्, ‘हामीले बाढीपीडित क्षेत्रका जनतालाई ध्यानमा राखेर सेवा सुचारु गर्न विशेष पहल भइरहेको छ र अवरुद्ध भएका धेरै ठाउँमा सुचारु पनि भएको छ।’

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कार्यक्रममा बोल्दै बाढीपीडित क्षेत्रमा भएको जनधनको क्षतिलाई मध्यनजर गरेर एसएमएस निशुल्क गर्ने निर्णय गरेको  बताए। ‘मुलुकभर बाढी पहिरोको कहाली लाग्दो अवस्था छ,’ मन्त्री बस्नेतले भने, ‘यो कहाली लाग्दो अवस्थालाई हेरेर एसएमएस निशुल्क लगायत केही निर्णय गरेका छौं।’

 

प्रकाशित: २९ श्रावण २०७४ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App