७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेले बाढी प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने

काठमाडौं- नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ। नेकपा एमाले सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित जिल्लामा राहत र उद्वारको समन्वय गर्न जिल्ला नेताहरुलाई तोकेको छ।

बैठकले राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन समेत आग्रह गरेको छ। एमालेले सप्तरीमा  युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा  अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सर्लाहीमा अखिल नेपाल किसान महासंघ,  रौतहटमा  नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा  खेलकूद महासंघ, पर्सामा  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), झापा  जनसांस्कृति महासंघ र मुक्ति समाज, मोरङमा  पेसागत महासंघ, नेपाल, सुनसरीमा  उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा  भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलान्यस र कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई समन्वय गर्न निर्देशन दिएको छ।

प्रकाशित: २९ श्रावण २०७४ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App