coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

अशोकसुजन श्रेष्ठ

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जना वेपत्ता भएका छन्। पहिरोले ५० बर्षिय मंगलसिं न्यासुरको घर बगाएपछि उनको परिवार वेपत्ता भएको हो।

बेपत्ता भएकाहरुमा मंगलसिंकी श्रीमती ४८ बर्षिय सुनमायाँ, छोरीहरु २४ बर्षिया मायाँ, १२ बर्षिया हिरा, १० बर्षिया सानुमायाँ, ८ बर्षिया पाल्मो र छोरा २ बर्षिय बिकास न्यासुर रहेका छन्।

बेपत्ता भएका २ शवमध्ये सानुमायाँ र पाल्मोको भएको अनुमान गरिएको छ भने एक जनाको खुट्टा मात्र भेटिएको स्थानीय बुध लामाले बताए। उनका अनुसार राती १–२ बजे घर माथिबाट आएको पहिरोले सबैलाई बगाएको हो ।

ईलाका प्रहरी कार्यालय ठिंगनबाट खोज, उद्धारका लागि एक टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले भैँसी ४ वटा, १ हल गोरुसहित घरमा भएका सबै सामान समेत बगाएको बताईएको छ। परिवार नै पहिरोले बगाएर मृत्यु भएपछि गाउँमा शोक र त्रास छाएको छ । पहिरोले स्थानीयको खेत कटान गर्नुका साथै पुरेको समेत जनाईएको छ।

पहिरोले घर पुर्दा भिमफेदी गाउँपालिका ८ ईपामा कृष्ण दानीकी श्रीमती ५० वर्षीय मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए । उक्त घरमा पुरिएकी १९ वर्षीय सरु खड्कालाई भने स्थानीयले सकु्शल उद्वार गरेको वडा सचिव पुरुषोत्तम उप्रेतीले बताए ।

बकैया गाउँपालिकाको बुङ्गेखोला हात्तीसुँडेमा आएको बाढीले बगाउँदा राजीमान घलानको छोरा बिरबहादुर घलान बेपत्ता छन् ।

यसैबिच, कर्रा खोलामा आएको बाढी बस्तीमा पसेपछि प्रहरीले हेटौंडा ४ शान्तिनगर ९ जनाको उद्धार गरेको जनाएको छ।

 

प्रकाशित: २९ श्रावण २०७४ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App