उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

आइतबार, २९ साउन २०७४, १४ : २० नागरिक

काठमाडौँ- गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ।

अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो।

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ।

त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ।

अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट पाँच हजार ६००, सशस्त्र प्रहरीबाट एक हजार ७०० र नेपाली सेनाबाट एक हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

शनिबार साँझसम्म मुलुकका ११ जिल्ला वर्षा र बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ र अन्य चार घाइते छन्।

खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, झापाको मदरगाछी, कपन, कवास, सालपारा, सौरघुटु, सुनसरीको बुढीखोला सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैयालगायत अन्य प्रभावित स्थानबाट र्‍यायाफ्टिङ बोट लगायतका साधन प्रयोग गरी उद्धारको कार्य भइरहेको छ।

जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नून, तेल स्थानीयस्तरबाट खरिद गरी पीडितहरुलाई वितरण गरिएको छ ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्न प्याकेजिङ गर्ने कार्य भइरहेको छ भने त्यस्ता सामग्री वितरणमा नेपाली सेनाको सबै हेलिप्याड तयारी अवस्थामा राखिएका छन् ।

मौसमको प्रतिकूलताले प्रभावित क्षेत्रमा उडान भर्न नसकिरहेको बताइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध राजमार्गलगायत सडक तथा पुल सञ्चालनमा ल्याउन प्रयास गरिरहेको छ ।

औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यसैगरी, निजी क्षेत्रका हेलिकप्टर प्राथमिकताका साथ परिचालन गर्र्न नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ भने स्थानीय भाषामा एफएममार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।
प्राकृतिक विपद्को यो घडीमा खोज, उद्धार र राहत कार्यमा हातेमालो गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न गृह मन्त्रालयले उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad