coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले एकै घरका तीनको मृत्यु

सुर्खेत- अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ सिन्दूरेका गुमानसिंह बुढाको घर बगाउँदा उनीसहित दुई नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान थापाका अनुसार घरमूली ८३ वर्षका गुमानसिंह बुढा, उनका नाति १४ वर्षका विक्रम बुढा र १२ वर्षका चरण बुढाको मृत्यु भएको हो । आइतबार विहान चार बजेतिर घर माथिबाट पहिरो आएको थियो । पहिरोमा पुरिएर गुमानसिंहकी बुहारी द्रूपति बुढा घाइते भएकी छन्। उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App