coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाढी पहिरोका घटनाप्रति उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढी, पहिरो तथा डुबानबाट दर्जनौँ मानिसको मृत्यु भएको, बेपत्ता, घाइते भएको, हजारौँ नागरिक विस्थापित तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौं नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति उनले दु:ख व्यक्त गरेका हुन्।  

राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेको समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी तराई मधेसमा बाढी र डुबान, पहाडमा पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार र पीडितहरुलाई राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बाढी पहिरोबाट विस्थापितहरुका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको राम्रो प्रवन्ध गर्नसमेत ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २९ श्रावण २०७४ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App