coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साँझदेखि मध्य र पश्चिम तराईमा थप भारी वर्षा

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध : कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएको छ। तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौ– मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) साँझदेखि मध्य र पश्चिमका तराई जिल्लाहरुमा थप भारी वर्षा हुनसक्ने जनाएको छ। पूर्वी क्षेत्रमा वर्षा हुनेक्रम विस्तारै कम हुँदै  जाने र पश्चिमका तराईका जिल्लाहरु साँझ भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका मौसमविद समिर श्रेष्ठले पूर्वमा पानी पर्ने क्रम मत्थर भएको उल्लेख गर्दै नागरिकन्युजसँग भने, ‘मध्य र पश्चिम नेपालका जिल्लाहरुमा साँझबाट मनसुन अझ सक्रिय हुन्छ। त्यसले आइतबार दिउँसोको तुलनामा साँझबाट धेरै पार्ने देखिन्छ।’

उनका अनुसार पानी पार्ने हावा र बादल देशभर लागेको भए तापनि पूर्वमा एक-दुई स्थानमा मात्र वर्षा भइरहेको छ। ‘चितवनदेखि पश्चिमका जिल्लाहरुमा बिहानैदेखि वर्षा भइरहेको छ। साँझबाट राती र सोमबार बिहानसम्म अझ धेरै वर्षा हुनसक्ने देखिन्छ’, श्रेष्ठले भने ।

उनका अनुसार पानी पार्ने हावा र बादल देशभर लागेको भए तापनि पूर्वमा एक-दुई स्थानमा मात्र वर्षा भइरहेको छ। ‘चितवनदेखि पश्चिमका जिल्लाहरुमा बिहानैदेखि वर्षा भइरहेको छ। साँझबाट राती र सोमबार बिहानसम्म अझ धेरै वर्षा हुनसक्ने देखिन्छ’, श्रेष्ठले भने ।

उनका अनुसार चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा भारी वर्षाको सम्भावना छ। त्यसै पनि चितवन र मकवानपुर हुँदै बग्ने पूर्वी राप्तीमा आइतबार बिहानैदेखि बाढी आएको छ। उक्त क्षेत्र पुरै डुबानमा छ। यस क्षेत्रमा २४ घण्टामा ४९६ मिलिमिटर वर्षा भएको छ। यो अत्यधिक वर्षा हो। यसले गर्दा रिउ खोलाको पानीको सतहले पनि चेतावनी तह पार गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख जलवीद राजेन्द्र शर्माका अनुसार बर्दिया हुदै बग्ने बबई नदीको पानीको सतह खतरा तहमा भन्दा धेरै माथिबाट बगिरहेको छ। बबईको माथिल्लो क्षेत्रमा भारी वर्षा भइरहेको छ। बबईको पानी गाउँबस्तीमा पस्दा ९० प्रतिशत भूभाग डुबानमा परेको छ। सदरमुकाम गुलरियाको बजार क्षेत्रबाहेकका स्थानहरु डुबानमा छन्।

‘नारायणी नदीको पानीको सतह बढिरहेको छ’, उनले भने। शर्माका अनुसार यसको चेतावनी तह ७.३ मिटर भए पनि अहिले ६.१५ पुगेको छ। यो अझै बढ्ने क्रममा छ।  ‘नारायणीको माथिल्लो भागमा वर्षा भइरहेकाले पानीको सतह बढ्ने संभावन छ’, शर्माले भने ।

उनका अनुसार बाँकेको कुसुम हुँदै बग्ने पश्चिम राप्तीको पानी सतह पनि बढिरहेको छ। यो चेतावनी तहको आपपासमा छ।

मौसमवीद श्रेष्ठका अनुसार तुलनात्मक रुपमा रुपन्देही र कपिलवस्तुमा कम वर्षा भएको छ । साँझबाट हुने भनिएको भारी वर्षाले यी क्षेत्रलाई समेत प्रभावित पार्नसक्ने अनुमान छ। दाङको तुलसीपुर, घोराही, लमही क्षेत्रमा पानी परिरहेको छ। बबईको पदमपुर क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ।

उनका अनुसार न्यूनचापिय रेखा महाभारत पहाडको आकासमा स्थिर अवस्थामा छ। चितवनको आसपासका पहाड माथिको यस रेखाले पश्चिम क्षेत्रमा पनि बिहानैदेखि वर्षा गराइरहेको छ। पूर्व र पश्चिमबाट चलिरहेको हावाको वहावपनि त्यही गएर ठोक्किएको हुनाले आज सा“झबाट धेरै वर्षा हुन्छ।

‘त्यही प्रणालीको प्रभावले दाङ, बाँके र बर्दिया बिहानैदेखि वर्षा गराएको छ। यी जिल्ला मध्ये दाङमा भारी वर्षा भएको छ’, श्रेष्ठले भने, ‘यसको प्रभाव काठमाडौमा पनि पर्छ। यहाँ पनि साँझबाट रातभर वर्षाको सम्भावना छ।

उनका अनुसार पानी पार्ने बादल र हावा देशभरनै फैलिएको छ। त्यसको केन्द्रविन्दू मध्य नेपालमा छ। मध्य भागमा रहेको न्यूनचापिय रेखा स्थिर अवस्थामा छन्। त्यसको गतिविधि देखिएको छैन।

शर्माका अनुसार पूर्वका खोला र नदीहरुमा पानीको सतह विस्तारै घटिरहेको छ। कन्काई नदीमा पानी सतह कम हुदै गएको बताए। ‘सायद पूर्वका खोला नदीमा अब पानी सतह घट्दै जान्छ होला, वर्षा पनि कम भएको छ’, उनले भने।

प्रकाशित: २९ श्रावण २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App