६ वैशाख २०८१ बिहीबार
अन्य

पारिवारिक जीवनमा वास्तुको प्रभाव

  डा. राजकुमार सुवेदी
वास्तुविद्

उत्तरपश्चिम दिशा (वायव्य कोण)को वास्तु दोषले पुरुष तथा महिला सदस्यका विवाहमा विध्नबाधा साथै विलम्व गर्दछ । ऋणात्मक क्षेत्रको विथिशुल तथा दक्षिण पूर्वको ऋणात्मक ऊर्जा क्षेत्रमा कुवा, जलाशय बनाएमा वास्तु दोष हुन्छ ।
ऋषिका भनाइमा हामीले वास्तु विद्याका साथसाथै व्यक्तिको जन्म कुण्डलीसमेत अध्ययन गर्नु आवश्यक छ । जन्म कुण्डलीमा द्वितीय, एकादशी तथा शुक्रको पापत्व अधिक भएमा विवाहमा बाधा या विलम्व हुन सक्छ ।                                 
उत्तर पश्चिम कोणको कटाव, अग्निकोण (पूर्व–दक्षिण)मा कुवा, नलकुव तथा ऋणात्मक ऊर्जा क्षेत्रमा प्रवेशद्वार या वायव्य कोणको वास्तु दोषले पतिपत्नीमा मतभेद, वैचारिक भिन्नता, झगडा हुन सक्छ । उत्तर दिशामा, पश्चिमतर्फबाट ऋणात्मक क्षेत्रमा गृह प्रवेशद्वार भएमा नव दम्पतीलाई हानि गर्छ । नव दम्पतीले अग्निकोण (दक्षिण—पूर्व) दिशामा शयन कक्ष बनाउनु उपयुक्त हुन्छ । घरको दक्षिण भाग अधिक रिक्त छाडेमा, हानिनोक्सनी हुन्छ । त्यस्तो अवस्थामा, दक्षिणमा निर्माण गरी, दक्षिण–पश्चिम भागलाई खाली नछोडेमा घरपरिवारलाई राम्रो हुन्छ ।
भवन वास्तुको साथ जन्म लग्न कुण्डली हेरी, लग्न, षष्ठ र दशम भावसँग सम्बन्धित सूर्य, शनि, राहु विच्छेदक ग्रहको दशा भुक्तिया प्रत्यन्तर दशा चलेमा दाम्पत्य जीवनमा, हानि, बाधा हुन्छ । पूर्व दिशामा बढी भार र दक्षिण दिशा हल्का हुनु गम्भीर वास्तु दोष हुन्छ । आग्नेय कोणमा जलस्त्रोत पनि शत्रु तत्व भएकाले परस्पर शत्रुता बढाउँछ ।
ईशान कोणको उपयोग पूजा–उपाशनाका लागि गर्नु पर्छ । यस्तो ठाउँमा शयन कोठा बनाउनु दोषपूर्ण हुन्छ । मातापिता सन्तानका बीच स्नेह एवं सौहाद्र्रको कमी हुनुमा मुख्य कारण दक्षिण–पूर्व दिशामा भूखण्ड विस्तार अथवा दक्षिण पूर्व दिशामा जलस्त्रोत (कुवा, नलकुप) को स्थितिलाई मानिएको छ ।
उत्तर–पश्चिम या वायव्य कोणको कटावे या पश्चिम दिशाको झुकाव नीच भएमा मातासँग वैचारिक भिन्नता रहन्छ । धनात्मक ऊर्जा क्षेत्रमा काटेर गोलाई भएमा पिता र  सन्ततिसँग मतभेद हुन्छ । दक्षिण दिशामा खाली ठाउँ छोडी, दक्षिण दिशाकै तर नीचो भएमा ढलान दक्षिणतर्फ ढल्केमा साथै मुख्य प्रवेशद्वार सम्मुख भएमा परिवारमा वैरविरोधको स्थिति पैदा हुन्छ । उत्तर–पश्चिम कुना बन्द छ र दक्षिण भागमा पश्चिमतिर फर्केर खानेकुरा बनाइन्छ भने विभिन्न रोगले पीडित चरित्रहीन बनाउँछ सक्ने हुन्छ । उक्त दिशाको ऋणात्मक ऊर्जा क्षेत्रमा विथि शूल र नलकुप हुन भएमा वास्तु दोष हुन्छ र दक्षिण—पश्चिम दिशा (नैऋत्य कोण) भारी भएमा साथै खाली ठाउँ छोडेमा अनिष्ट हुन्छ । यस्तो दोषले पनि घर छोड्नेसमेत हुन सक्छ । यसरी माथि विवेचित दोषले यस्ता खालका परिणाम देखा पर्न सक्छ ।
पुरुष सदस्यसँग दुश्चरित्र, विवाहमा विलम्व, घरपरिवारमा मतभेद र परिवारमा झगडा र क्लेश, परिवारका महिला सदस्यहरुमा घर छाडेर जानेसम्म घर गृहवास्तु दोषबाट हुन सक्छ ।

भोजनकक्षको वास्तु
लगभग चार/पाँच दशक पूर्व घरको मध्यक्षेत्रमा आँगन बनाइन्थ्यो । त्यहीँ  नै अथितिलाई बसाएर खाने कुराको प्रबन्ध गरिन्थ्यो । साथै, फुर्सदका बेला बसेर व्यापारिक, आर्थिक र अन्य वार्तालापसमेत गरिन्थ्यो । समय बित्दै जाँदा जीवनशैलीमा परिवर्तन आयो र सीमित भूभाग र सीमित स्थानका कारण आतिथ्य एवं भोजन कक्षको रुप पनि बद्लिएर आयो । आज आतिथ्य एवं भोजन कक्ष बहुउपयोगी कक्षका रुपमा प्रयुक्त भएको देखिन्छ । भोजन कक्ष, विश्राम कक्ष तथा शयन कक्षको रुपमा विकसित भएको छ । यसको विकसित रुप गेस्ट हाउसलाई लिन सकिन्छ ।
अतिथि कक्षको मुख्य प्रयोग पाहुनाको स्वागत सत्कारका लागि गरिन्छ । अतिथि एवं भोजन कक्षको साजसज्जा उच्च प्रकारको हुनुपर्छ । आएका अतिथिमा त्यस घरका मुख्य स्वामी र सम्पन्नताको विषयमा सकारात्मक प्रभाव परोस् । यस बहुउपयोगी कक्षको ध्यान राख्दै, भवनको पूर्व या पश्चिम दिशाको मध्यमा भोजन कक्ष बनाउन उचित हुन्छ । कारण के हो भने वास्तुको दृष्टिले भोजनकक्ष पूर्वदक्षिण कोण या उत्तरपश्चिम कोणमा हुनु उत्तम हुन्छ । अतः पूर्व या पश्चिम दिशाको मध्य भागमा बनेको पाहुना कक्षमा भोजन गराउन सजिलो हुन्छ । उत्तरपश्चिम दिशामा भोजनकक्ष भएमा दाम्पत्य जीवनमा सुख, सन्तोष हुन्छ भनिए पनि केही वास्तुशास्त्रीले यस दिशामा बनेको भोजन कक्षले धन हानि र पराश्रित हुनुपर्छ भनी टिप्पणी गरेका छन् ।
पूर्वउत्तर दिशामा बनेको भोजनगृहबाट राम्रो  आम्दानी, भवन वासी विद्वान् तथा सामान्य रुपले यश र प्रतिष्ठा प्राप्त हुन्छ । केही वास्तुशास्त्रीले ईशान कोणमा भगवान् स्थापना गरी अन्य कक्ष बनाएमा सामान्य वास्तुदोष मात्रै मानेका छन् । आर्थिक दृष्टिले महŒवपूर्ण विषयमा विचार गर्ने बेला आवासीय भूस्वामीको मुख उत्तरपूर्व या पूर्वमध्य दिशामा हुनु कल्याण हुन्छ । आफ्नो आसन दक्षिणपश्चिम कोणमा राख्नु शुभ हुन्छ । भोजनकक्षमा खुल्ला भान्सा हुनु अशुभ मानिन्छ । भान्साको अगाडि पर्ने गरी अतिथि भोजन गराउनु हुँदैन । यस्तो दोषले परिवारमा वैरविरोध तथा वैमनश्यता बढाउँछ । सन्तानबाट समेत चिन्ता भई दाम्पत्य जीवन विच्छेदको परिस्थितिसमेत बन्न सक्छ । भोजनकक्षको उत्तरपश्चिममा नल या पानी ट्याङ्की राख्नु हुँदैन । राखेमा आर्थिक स्थिति बिग्रँदै जान्छ । भूस्वामी या घरको मूली अतिथि कक्ष या भोजन कक्षमा शयन गरेमा घरका स्त्री समूहको विचार कमजोर भई स्वभाव बिग्रने सम्भावना बढ्दै जान्छ । शौचालययुक्त भोजनकक्षले मानसिक सन्ताप तथा दाम्पत्य जीवनमा नराम्रो असर पार्छ । भोजन अतिथि कक्षमा दराज राख्दा र प्रवेशद्वार राख्दा धनात्मक ऊर्जा क्षेत्रमा नै राख्नुपर्छ । ढलान आवश्यक भएमा पूर्व या उत्तर दिशातर्फ ढलान राख्नुपर्छ । उत्तरपूर्व दिशाको धरातल तल राख्नुपर्छ । भोजन कक्षको मध्यबिन्दु (भूमि या छत) मा कुनै पनि प्रकारको गह्रँुगो वस्तु बिग्रिएको पंखा, मेच, कुलर, फ्रिजआदि राख्नु हुँदैन । रुम कुलर, फ्रिज, एअरकन्डिसन कक्ष पश्चिम दिशामा राख्नुपर्छ । यी वस्तुहरु सदैव ऋणात्मक ऊर्जा क्षेत्रमा राख्नु शुभ हुन्छ । भोजन गर्ने कोठामा युद्ध अपराध, विभिन्न वियोगान्त चित्र, भोकै—नाङ्गै—रुँदै—कराउँदै गरेको बच्चा या अन्य व्यक्तिको चित्र, नग्नमूर्ति या चित्र कदापि राख्नु हुँदैन । यसले भूस्वामी र परिवारलाई क्रूरता, संवेदनहीनता र अश्लीलतातर्फ ढल्काउँछ ।

 

प्रकाशित: २९ श्रावण २०७४ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App