६ वैशाख २०८१ बिहीबार
समाज

घरघरमा घुँडासम्म पानी

घविराटनगर- दुई दिनदेखि लगातार परिरहेको भारी बर्षाले विराटनगर महानगरपालिकाको घरघरमा घुँडासम्म पानी जमेको छ। लगातारको बर्षाले सर्वसधारणको जनजिवन कष्टकर बनेको छ। घरमै पानी पसेको बस्न र खानाको समस्या छ। अहिले केहीबेर अघिबाट भारी बर्षा हुने क्रम रोकिएको छ। सिमसिम पानी भने परिरहेको छ। भारी बर्षा रोकिएपछि डुवान क्षेत्रमा पानीको सतह कम भइरहेको छ। विराटनगरको हरेक वडा डुवानमा छ।

१७ को मृत्यु, १६ बेपत्ता

अविरल वर्षाले झापामा २, मोरङमा ५, सुनसरीमा ८ जना, पाँचथरमा १ र तेह्थुममा १ जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। सो कार्यालयका अनुसार बाढी–पहिरोमा परी पाँचथरमा ३, झापामा ४, मोरङमा ३, सुनसरीमा ५, सप्तरीमा १ जना बेपत्ता छ।

अविरल वर्षाका कारण झापा, मोरङ, सुनसरी, सप्तरीका अधिकांश भाग डुवानमा परेको छ। बाढी प्रभावित क्षेत्रमा उद्दारका लागी पूर्व क्षेत्रीय तालिम केन्›, क्षेत्रीय सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण, जिल्ला प्रहरी कार्यालय समेत गरी चार हजार पाँच सय भन्दा बढी प्रहरी परिचालन गरिएको डिआइजी रमेशकुमार भट्टराईले जानकारी दिए। बाढी प्रभावित झापा, मोरङ, सुनसरी, सप्तरीमा उद्दार टोलीले पिडित परिवारलाई उद्दार गरि सुरक्षित स्थानमा सारिरहेको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App